अपच सम्बन्धी रोगको घरेलु उपचार विधि | Khabarhub Khabarhub

अपच सम्बन्धी रोगको घरेलु उपचार विधि


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाचन प्रक्रिया अव्यवस्थित हुँदा पेटसम्बन्धी रोगहरुको जन्म हुन्छ । पेट सम्बन्धी रोगहरुमा धेरै प्रकारका रोगहरु पर्दछन् । जस्तै अपच हुनु, कब्जियत हुनु, अमलपित्त आदि ।

घरमै उपलब्ध हुने औषधीहरुबाट हामीले यस्ता रोगहरुलाई भगाउन सकिन्छ । यीनै पेटसम्बन्धी रोगहरुमध्ये अपच सम्बन्धी समस्याको घरमै उपलब्ध हुने निम्नानुसारका औषधी र तरिकाबाट उपचार गर्न सकिन्छ—

१) १ ल्वाङ, अलिकति हर्रो र एक चिम्टी सेतो नुन मिलाई सेवन गर्नाले अपच हुने समस्या दूर हुन्छ ।

२) २ चम्चा प्याजको रस सेवन गर्नाले अपच हुने समस्या कम हुन्छ ।

३) एक चम्चा जीरा र आधा चम्चा सेतो नुन र आधा चम्चा कालो मरिच दहीसँग मिलाई खानाले अपच पूर्ण रुपमा निको हुन्छ ।

४) २ केस्रा लसुन एक ग्राम अदुवा, पुदिना, धनीया, कालो मरिच २/२ ग्रामका दरले एकै ठाउँमा मिलाई पिसेर अचारजस्तो बनाई खानाले पनि अपचको समस्या दुर हुन्छ ।

५) एक चम्चा तोरी र आधा चम्चा मेथीको दाना मही वा दही मिलाई खानाले पेटसम्बन्धी रोग निको हुन जान्छ ।

६) २ चम्चा कुलत्थको पातको रस खानाले पनि अपच समस्या समाधान हुन्छ ।

७) केराको तरकारी वा पकाएको केरा सेवन गर्नाले पनि अपच ठीक हुन्छ ।

८) काँचो मेवाको तरकारी सेवनले पन अपच समस्या समाधान गर्छ ।

साभार : ‘मेरा डाक्टर’ बाट

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १ : ४५ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।