भियतनाममा प्रधानमन्त्रीको व्यस्तता–हा लोङ खाडीको भ्रमण « Khabarhub

भियतनाममा प्रधानमन्त्रीको व्यस्तता–हा लोङ खाडीको भ्रमण


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भियतनाम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार हा लोङ खाडी भ्रमणमा पुगेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो ।

एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो खाडी एक हजार छ सय सानाठूला चूनढुङ्गाका द्वीपमा छरिएको छ । सन् १९९४ मा युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत यो खाडीमा विविध जैविकता रहेको छ । खाडीका कुवा, भान, बा हाङ, कोङ ताउ र भोङ भिएङ गाउँमा एक हजार छ सय जनसङ्ख्या छ जो माछा र सामुद्रिक जीवहरुमा निर्भर छन् ।

प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी हाल भियतनाम भ्रमणमा छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  २ : ५६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना