दुई महिनापछि सुकेटार विमानस्थलमा जहाज अवतरण | Khabarhub Khabarhub

दुई महिनापछि सुकेटार विमानस्थलमा जहाज अवतरण


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो ।

नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्लेजुङबाट १६ जना यात्रु लिएर जहाज काठमाडौँ फर्केको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुले बताए ।

निगमले गत सोमबारदेखि नै नियमित उडान शुरु गरेको थियो । गत सोमबार काठमाडौँबाट नौ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेपछि जहाज पुनः काठमाडौँ फर्केको थियो । सोमबार अवतरण हुन नसकेको जहाज आज अवतरण भएको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लिम्बुले बताए ।

सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जनाएको छ । तत्कालका लागि काठमाडौँदेखि ताप्लेजुङसम्म रु सात हजार ५० विमान भाडा शुल्क र ताप्लेजुङदेखि काठमाडौँ रु सात हजार १९० भाडा शुल्क तोकिएको कार्यालयले जनाएको छ ।

निगमले ताप्लेजुङदेखि १ नम्बर प्रदेश राजधानी विराटनगरमा पनि नियमित उडानको लागि प्रक्रिया आगाडि बढिरहेको लिम्बुले बताए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ९ : ४५ बजे

प्रचण्ड नेतृत्वको नेकपासँग एकताबारे छलफलमा अशोक राईको जसपा

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरणबारे छलफल गर्न अशोक राई नेतृत्वको

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

काठमाडौं– सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

बक्स अफिसमा कमाल गर्न सकेन ‘जारी २’ले

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

निर्वाचनका लागि आयोगमा दर्ता भयो रास्वपा (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ मा हुने प्रतिनिधि

मधेशका पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले मधेश प्रदेशसभाका पाँचजना सदस्यहरूलाई पदमुक्त नगर्न अल्पकालीन