युरोकप खेलमा सट्टेबाजी खेलाउने ५ जना पक्राउ | Khabarhub Khabarhub

युरोकप खेलमा सट्टेबाजी खेलाउने ५ जना पक्राउ


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– यूरोकप फुटबल प्रतियोगिताका खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा ललितपुरका विभिन्न स्थानबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सोही महानगरपालिका-२ सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, सोही महानगरपालिका-११ कोवाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, सोही महानगरपालिका-१६ धापागल बस्ने ३८ वर्षीय बिनोद महर्जन र सोही महानगरपालिका-१२ टंगाल बस्ने २९ वर्षीय सफिर राज राजकर्णिकार रहेका छन् ।

युरोकप खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलमा बाजी थापी धेरै ठूलो धनराशि हारजित हुने गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले सट्टेबाजीमा प्रयोग भएका मोबाइलहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूउपर सट्टेबाजी गर्न नहुने सम्बन्धि कसूर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ६ : १६ बजे

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास

बाला चतुर्दशी मेला : पशुपतिमा १८ घण्टा कर्मचारी खटाइने

काठमाडौं–  पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला

‘प्रतिनिधिसभा पुनस्थापना भए तत्काल ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी दिन एमाले तयार छ’

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले

भारत–अमेरिका एलपीजी सम्झौता : ट्रम्पको दबाबबीच ऊर्जा स्रोत विविधीकरणमा भारतको जोड

एजेन्सी– भारतले संयुक्त राज्य अमेरिकासँग करिब १० प्रतिशत एलपीजी आपूर्ति