युरोकप खेलमा सट्टेबाजी खेलाउने ५ जना पक्राउ « Khabarhub

युरोकप खेलमा सट्टेबाजी खेलाउने ५ जना पक्राउ


२६ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– यूरोकप फुटबल प्रतियोगिताका खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा ललितपुरका विभिन्न स्थानबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सोही महानगरपालिका-२ सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, सोही महानगरपालिका-११ कोवाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, सोही महानगरपालिका-१६ धापागल बस्ने ३८ वर्षीय बिनोद महर्जन र सोही महानगरपालिका-१२ टंगाल बस्ने २९ वर्षीय सफिर राज राजकर्णिकार रहेका छन् ।

युरोकप खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलमा बाजी थापी धेरै ठूलो धनराशि हारजित हुने गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले सट्टेबाजीमा प्रयोग भएका मोबाइलहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूउपर सट्टेबाजी गर्न नहुने सम्बन्धि कसूर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ६ : १६ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर