पहिरोले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा–अविरल वर्षाका कारण गएको पहिरोले साँफे–मार्तडी सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिरोले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।

उनका अनुसार राजमार्ग सडकको बल्दे, अम्कोट, द्वारी र ओलेनामा ठूलो पहिरो आएर अवरुद्ध बनेको छ । उक्त क्षेत्रमा ठूलो पहिरो आएको र पन्छाउनका लागि स्काभेटर तयार रहेको भए पनि पानी नरोकिएका कारण सडक खुलाउन सकिने अवस्था नरहेको प्रहरी निरीक्षक साउदले बताए ।

असारको शुरुवातबाटै आएको अविरल वर्षाका कारण राजमार्गको पहिरो पन्छाएर जीप तथा मालबाहक ट्र्याक्टर सदरमुकाम मार्तडीमा सहजरूपमा आवतजावत गर्ने गरेको भए पनि आज बिहान पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

उनले अवरुद्ध सडक पानी रोकिएपछि तत्काल स्काभेटर प्रयोग गरी पहिरो पन्छाएर यातायातका साधन सञ्चालनमा ल्याउने बताए ।

जिल्लामा शुक्रबारदेखि अविरल वर्षा हुँदा बाढी र पहिराको त्रास बढ्न थालेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १० : २० बजे

निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा

काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा

प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही

काठमाडौं – सरकारद्वारा जेनजी आन्दोलनमाथि गरिएको दमनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी

के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि १९ जना प्रदर्शनकारीको

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर

मन्त्रिपरिषद् बैठक : छानबिन समिति गठन गर्ने निर्णय

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी पुस्ताले गरेको प्रदर्शनमा