प्रदेश–१ लाई डिजिटल प्रदेश बनाइन्छः मुख्यमन्त्री राई « Khabarhub

प्रदेश–१ लाई डिजिटल प्रदेश बनाइन्छः मुख्यमन्त्री राई


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट बनाउनका लागि आइटी पार्क निर्माण गर्ने बताएका छन् ।

आइसिटी मिडियाद्वारा विराटनगरमा आयोजित स्टार्टअप एण्ड इनोभिएशन दुई दिने मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सूचना प्रविधिको प्रयोग गरी प्रदेशमा सुशासन कायम गर्नुका साथै स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी क्षेत्रमा ठूलो अवसर सिर्जना गर्न सकिने जानकारी दिए । मुख्यमन्त्री राईले प्रदेश सरकारले आयोजना गर्ने बहुराष्ट्रिय सूचना प्रविधि सम्मेलनका लागि निजी क्षेत्रलाई सहयोग गर्न आग्रह गर्दै यसको माध्यमबाट प्रदेशको समूचित विकासमा सहयोग पुगी समृद्ध कायम हुने विश्वास व्यक्त गरे ।

उनले प्रदेशको आवधिक योजना तयार गर्ने कार्य अन्तिम चरणमा पुगको र नीति तथा बजेटमा सूचना प्रविधिको प्रयोगमा जोड दिएको उल्लेख गर्दै डिजिटल प्रदेश बनाउने कार्यको शुरुवात आगामी आर्थिक वर्षदेखि शुरु हुने जनाए । मुख्यमन्त्री राईले प्रदेश सरकारले रोजगारी, उत्पादनमूलक क्षेत्रमा आगामी बजेट खर्च गर्ने बताउँदै सूचना प्रविधिलाई विद्यालयस्तरबाट शिक्षामा जोडी १० वर्षभित्र प्रदेशबाट कोही विदेशमा श्रम बेच्न जानु नपर्ने अवस्थामा सिर्जना गरिने दाबी गरे ।

मेलामा सूचना प्रविधिसम्बन्धी ५० वटा स्टलमा विभिन्न विषयमा प्रयोगात्मक रुपमा जानकारी प्रदान गरिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ६ : ०९ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट