चोरी मुद्दाका फरार अभियुक्त १३ वर्षपछि पक्राउ « Khabarhub

चोरी मुद्दाका फरार अभियुक्त १३ वर्षपछि पक्राउ


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा– चोरी मुद्दामा कैद सजायको फैसला तोकिएका फरार अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दोलखाको मेलुङ गाउँपालिका–२ घर भएका २८ वर्षीय गोपी कटुवाललाई शुक्रवार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी भेषराज रिजालका अनुसार दोलखा जिल्ला अदालतले ०६५ असोज २० मा कटुवाललाई ११ वर्ष १ महिना ५ दिन कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनि फरार थिए । पक्राउपछि अदालतको आदेशले उनलाई जिल्ला कारागार दोलखामा थुनामा पठाइएको छ ।

साविक घाङसुकाठोकर गाविस–४ घर भएका गोपीले २०६५ वैशाख १६ मा फस्कु गाविस–१ स्थित चरङ्गे जंगलमा तुलसा बुढाथोकी र कालिका बुढाथोकीको साथमा रहेको नगद तथा गहना जबरजस्ती चोरी गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ८ : ३० बजे

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म