अमेरिकाले उपलब्ध गराएको कोरोना खोप नेपाललाई हस्तान्तरण | Khabarhub Khabarhub

अमेरिकाले उपलब्ध गराएको कोरोना खोप नेपाललाई हस्तान्तरण


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख डोज खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आजै नेपाल आइपुगेको जोन्सन एण्ड जोन्सन खोप हस्तान्तरण गरेका हुन् ।


अमेरिकाले कोभ्याक्स सुविधामार्फत नेपाललाई १५ लाख डोज खोप उपलब्ध गराएको हो । अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन खोप एक मात्र डोज लगाए पुग्छ ।

अमेरिकी दूतावासले अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीका १५ लाख ३४ हजार ८५० डोज कोभिड-१९ भ्याक्सिन काठमाडौँ आइपुगेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १२ : ५२ बजे

गायिका नितु पौडेलको निधन

काठमाडौं- गायिका नितु पौडेलको निधन भएको छ । कीर्तिपुरस्थित बर्न

स्टुडियोमै जलेर गम्भीर घाइते गायिका नितुको निधन

काठमाडौं– शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको

सहिदको रगत नबिर्स भन्दै सडकमा जेन-जी (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु