गुपचुप प्रेममा यी अभिनेत्रीहरु | Khabarhub Khabarhub

गुपचुप प्रेममा यी अभिनेत्रीहरु


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा कैयौं जोडी आफ्नो प्रेमजीवनलाई लिएर चर्चा पाउछन् र खुलेआम आफ्नो प्रेमलाई व्यक्त गर्छन् । त्यहीँ केही अभिनेत्रीहरु छन्, जो निजी जीवनका बारेमा कुरा गर्न चाहदैनन् । उनीहरु प्रेम गर्छन्, तर त्यो प्रेमलाई जहिल्यै लुकाइरहन्छन् ।

अभिनेत्री मौनी राय मोहित रैनासँग सम्बन्धमा रहँदा उनले निजी जीवनको बारेमा कुरा गर्न चाहिनन् । हालका दिनमा उनी दुबईका व्यापारी सुरज नाम्बरियासँग डेटमा छिन् । उनीहरु चाँडै विवाह गर्दैछन् । तर मौनीले यो विषयमा मुख खोलेकी छन् ।

अभिनेत्री सोनाक्षी सिन्हा र बन्टी सचदेवा पनि बलिउडका प्रेम जोडीका रुपमा परिचित छन् । तर सोनाक्षीले अहिलेसम्म यो सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकारेकी छैनन् ।

अभिनेत्री मिनिषा लाम्बाले सन् २०१५ मा रेस्ट्राटर रेयान थामसँग विवाह गरिन् । तर यो सम्बन्ध लामो समयसम्म टिकेन । अहिले मिनिषाको जीवनमा नयाँ पुरुषको प्रवेश भइसकेको छ । तर ती पुरुष को हुन् भन्ने उनले खुलाएकी छैनन् ।

अभिनेत्री ज्याकुलिन फर्नान्डिज दक्षिण भारतीय एक व्यापारीसँग डेटमा छिन् । उनीहरु चाँडै नै सँगै बस्दैछन् । ज्याकुलिनले आफ्नो प्रेमीका बारेमा अन्य केही खुलाएकी छैनन् ।

अभिनेत्री श्रद्धा कपूर र रोहन श्रेष्ठको प्रेम सम्बन्धबारे मिडियामा लामै समयदेखि चर्चा भइरहेको छ । श्रद्धा आफ्नो प्रेमजीवनका बारेमा केही कुरा खुलाउदिनन् । तर कैयौंपटक यो जोडी सँगै देखिएका छन् ।

अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले विवाह अघि कैयौं समयसम्म डेट गरे । विवाह अघि विराटसँग सम्बन्धित प्रश्न गर्दा अनुष्का रिसाउने गर्थिन् ।

पछिल्लो पटक सञ्चारमाध्यममा छाएको जोडीका रुपमा अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशल छन् । तर कटरीनाले अहिलेसम्म विक्कीसँगको सम्बन्धका बारे मुख खोलेकी छैनन ।

अभिनेत्री सारा अली खान फिल्म एक सहायक फिल्म निर्देशकसँग डेटमा छिन् । तर उनले यो कुरा कतै सार्वजनिक गरेकी छैनन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : १० बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार