शिक्षक तथा विद्यालयका कर्मचारीलाई भोलिदेखि कोरोना खोप « Khabarhub

शिक्षक तथा विद्यालयका कर्मचारीलाई भोलिदेखि कोरोना खोप


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्थाहरूमा कार्यरत देशभरका शिक्षक तथा कर्मचारीहरुले मंगलबार (भोलि) देखि कोरोना खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि शिक्षक तथा कर्मचारीहरुलाई चीनले विकास गरेको ‘भेरोसेल’ खोप दिने जनाएको हो ।

शिक्षक र कर्मचारीलाई सम्बन्धित संस्थाको परिचय पत्रको आधारमा खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना खोप सुनिश्चित नभएसम्म विद्यालयमा भौतिक उपस्थिति नहुँने जनाउँदै आएको शिक्षक महासंघले लामो समयदेखि शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई खोपको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ४२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार