शिक्षक तथा विद्यालयका कर्मचारीलाई भोलिदेखि कोरोना खोप « Khabarhub

शिक्षक तथा विद्यालयका कर्मचारीलाई भोलिदेखि कोरोना खोप


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्थाहरूमा कार्यरत देशभरका शिक्षक तथा कर्मचारीहरुले मंगलबार (भोलि) देखि कोरोना खोप लगाउन पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि शिक्षक तथा कर्मचारीहरुलाई चीनले विकास गरेको ‘भेरोसेल’ खोप दिने जनाएको हो ।

शिक्षक र कर्मचारीलाई सम्बन्धित संस्थाको परिचय पत्रको आधारमा खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना खोप सुनिश्चित नभएसम्म विद्यालयमा भौतिक उपस्थिति नहुँने जनाउँदै आएको शिक्षक महासंघले लामो समयदेखि शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई खोपको माग गर्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ४२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार