सनीको रिसः बाथरुममा छोडेका थिए अवार्ड « Khabarhub

सनीको रिसः बाथरुममा छोडेका थिए अवार्ड


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता सनी देओल आफ्नो अढाई किलोको हातसँगै बलिउडमा रिसका लागि लोकप्रिय छन् । भनिन्छ, उनी रिसाए भने कसैको कुरा सुन्दैनन् । सनीले आफ्नो करियरमा कैयौं सुपरहिट फिल्म दिएका छन् ।

उनले आफ्नो करियरमा ‘गदर’, ‘घायल’, ‘त्रिदेव’जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरेका छन् । उनले फिल्म ‘गदर’का लागि एक अवार्ड जितेका थिए । तर उनको क्रियाकलापले सबै चकित परे ।

सनीले ‘गदर’का लागि ‘वेस्ट क्रिटिक्स एक्टर च्वाइस अवार्ड’ जितेका थिए । तर उनले यो अवार्ड मनपराएनन् र बाथरुममा छोडेर निस्किए । त्यसो त सनीमात्र होइन, अन्य अभिनेता तथा अभिनेत्री पनि अवार्डप्रति अविश्वास राखेर नै कुनै अवार्ड समारोहमा जाँदैनन् ।

जी टेलिफिल्मसका पूर्व सीइओ सन्दीप गोयलले आफ्नो पुस्तक ‘अनेष्ट टू गड’मा सनीले आफ्ने अवार्ड बाथरुममा किन छोडे भनेर उल्लेख गरेका छन् । उनका अनुसार जी टेलिफिल्मस्ले सन् २००१ मा फिल्म ‘गदर’ निर्माण गरेको थियो । यसको अवार्ड आयोजना पनि जी टेलिफिल्मसले नै गरेको थियो ।

अवार्ड दिने सूचीमा आमिर खानको फिल्मको नाम राखिएपछि सनीको ‘गदर’ परेको थिएन । जीले नै फिल्म निर्माण गरेकाले आफ्नो फिल्मलाई सूचीमा राखेको थिएन । अवार्डमा आमिरको फिल्म ‘लगान’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो भने आमिरले उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए ।

अवार्डमा सनीलाई ‘बेस्ट क्रिटिक्स एक्टर च्वाइस अवार्ड’ दिइए पनि उनी केही नबोली निस्किएका थिए । अवार्ड लिएपछि सनी सिधै बाथरुम गएका थिए । जहाँ उनले अवार्ड छोडे । यो घटनापछि सन्दीप र सनीको भेट भएन ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १ : ५५ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको