चट्याङ लागेर दुई महिलाको मृत्यु « Khabarhub

चट्याङ लागेर दुई महिलाको मृत्यु


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठाडीका ४० वर्षीया ललिता सदा र ३९ वर्षीया फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

घर नजिकै खेतमा धान रोप्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । दुवैको शव परीक्षण्का लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यसैगरी चौदण्डी गढी नगरपालिका–३ ज्यामिरेमा आज अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार ज्यामिरे खोलाको बगरमा ती पुरुषको शव फेला परेको हो ।

तराईमूलको जस्तो देखिने मृतकको पहिचान खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ८ : ४५ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर