पुनर्निर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा « Khabarhub

पुनर्निर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको सञ्चार तथा यातायात खर्च निकासा भएको छ ।

भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकहरुले चालु आर्थिक वर्ष २०७७/७८ को श्रावण महिनादेखि पाउन बाँकी ८ करोड ३४ लाख रुपैयाँ निकासा भएको हो ।

लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको हो ।

असार १३ गते प्राविधिकहरुको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकहरुले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो ।

त्यसअघि, असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुलाई सञ्चार तथा यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ११ : ५५ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।