शर्तसहित लामो दूरीको यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस « Khabarhub

शर्तसहित लामो दूरीको यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीको दोस्रो लहर आएसँगै बन्द रहेको लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस पेश भएको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) ले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस गरेको हो ।

संक्रमणको परिस्थिति हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिए ।

‘केही शर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलान सिफारिस गरेका छौँ’ प्रवक्ता खतिवडाले भने ।

संक्रमण बढ्ने परिस्थिती आए पुनः यातायात बन्द गर्न सकिने भएपनि तत्कालका लागि खुलाउन भनिएको उनले जनाए ।

अब बस्ने मन्त्रिपरिषद बैठकमा लामो दूरीको सार्वजनिक यातायात खुलाउनेबारे निर्णय हुन सक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ४२ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)