चितवनमा ट्याङ्करको ठक्करबाट युवतीको मृत्यु « Khabarhub

चितवनमा ट्याङ्करको ठक्करबाट युवतीको मृत्यु


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको खैरहनीमा ट्याङ्करको ठक्करबाट युवतीको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० की २२ वर्षीया सिर्जना चौधरी रहेकी छन् ।

कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार आज साँझ ६ बजे मकवानपुरबाट रत्ननगरतर्फ आउँदै गरेको ना ८ ख ३०२४ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरित दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई खैरहनीको पर्सा बजार चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलको पछाडि सवार चौधरी घाइते भएकी थिइन् । चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मोटरसाइकल चालक रत्ननगर नगरपालिका–३ का २६ वर्षीय सुवास चौधरी घाइते भएका छन् । घाइते सुवासको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङ्कर, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : ०१ बजे

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि

हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित

हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले

वडा कार्यालय पुग्न २४ किलोमिटर पार गर्नुपर्ने

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय