जसपाका दुवै पक्षबाट आआफ्नो आधिकारिकताको दाबी « Khabarhub

जसपाका दुवै पक्षबाट आआफ्नो आधिकारिकताको दाबी


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकतामा आआफ्नो दाबी गरेका छन् ।

आइतबार निर्वाचन आयोगमा भएको सुनुवाइका क्रममा दुवै पक्षले पार्टीको आधिकारिकताको दाबी गरेका हुन् । आयोगमा पुगेर दुवै पक्षका नेताहरुले पार्टीको नाम, चिह्न आफूहरुले पाउनुपर्ने बताएका छन् भने दुवै पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेको दाबी गरेका छन् ।

सुनुवाइपछि जसपा अध्यक्ष यादव पक्षका नेता महेन्द्र राय यादवले पार्टी आधिकारिकताका बारेमा भएको माग दाबीमा विधि र विधान अनुरुप टुङ्गो लगाउनुपर्ने बताए ।

आफूहरूको हस्ताक्षरलाई सर्वोच्चले समेत मान्यता दिएकाले आफूहरूसँग बहुमत सदस्य रहेको उनको भनाइ छ । अर्को पक्षले नै पार्टीबाट अलग्गिने बताएको उनले बताए ।

त्यस्तै महन्थ पक्षका नेता लक्ष्मणलाल कर्णले अर्को पक्षको दाबी कानूनसम्मत नरहेको बताए । उनले आयोगले जसपाका बारेमा छिटै निर्णय गर्नुपर्ने धारणा राखे ।

पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गत आयोगले सुनुवाइ भएको हो ।

आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ३ : ३० बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय