जसपाका दुवै पक्षबाट आआफ्नो आधिकारिकताको दाबी | Khabarhub Khabarhub

जसपाका दुवै पक्षबाट आआफ्नो आधिकारिकताको दाबी


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकतामा आआफ्नो दाबी गरेका छन् ।

आइतबार निर्वाचन आयोगमा भएको सुनुवाइका क्रममा दुवै पक्षले पार्टीको आधिकारिकताको दाबी गरेका हुन् । आयोगमा पुगेर दुवै पक्षका नेताहरुले पार्टीको नाम, चिह्न आफूहरुले पाउनुपर्ने बताएका छन् भने दुवै पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेको दाबी गरेका छन् ।

सुनुवाइपछि जसपा अध्यक्ष यादव पक्षका नेता महेन्द्र राय यादवले पार्टी आधिकारिकताका बारेमा भएको माग दाबीमा विधि र विधान अनुरुप टुङ्गो लगाउनुपर्ने बताए ।

आफूहरूको हस्ताक्षरलाई सर्वोच्चले समेत मान्यता दिएकाले आफूहरूसँग बहुमत सदस्य रहेको उनको भनाइ छ । अर्को पक्षले नै पार्टीबाट अलग्गिने बताएको उनले बताए ।

त्यस्तै महन्थ पक्षका नेता लक्ष्मणलाल कर्णले अर्को पक्षको दाबी कानूनसम्मत नरहेको बताए । उनले आयोगले जसपाका बारेमा छिटै निर्णय गर्नुपर्ने धारणा राखे ।

पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गत आयोगले सुनुवाइ भएको हो ।

आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ३ : ३० बजे

अष्ट्रेलियाले इरानबाट आफ्ना नागरिक निकाल्ने तयारी गर्दै

सिड्नी- अष्ट्रेलिया सरकारले इरानबाट नागरिकहरू निकाल्ने तयारी गरिरहेको मङ्गलबार एक

रास्वपाको नीलो स्कार्फबारे सभामुखले भने- दलहरू आफैं मर्यादामा बस्‍नुपर्छ

काठमाडौं- सभामुख देवराज घिमिरेले नीलो स्कार्फ लगाएर संसद्‍मा छिरेका राष्ट्रिय

संसद् अवरोधबारे पाँच दलसँग छलफल गर्दै सभामुख

काठमाडौं– चौथो ठूलो दल रास्वपाले संसद् अवरोध जारी राखेको विषयमा

नेपाल जलवायु परिवर्तनबाट प्रभावित मुलुक भएकाले निरन्तर अन्तर्राष्ट्रियकरण गर्नुपर्छ’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल जलवायु परिवर्तनबाट

इजरायली हमलामा पूर्वाधिकारी मारिएपछि जिम्मेवारी सम्हालेका इरानी जनरल पनि चार दिनपछि मारिए

काठमाडौं– इजरायली आक्रमणमा परी पूर्ववर्ती मारिएपछि चार दिनअघि मात्रै जिम्मेवारी