मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला « Khabarhub

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला


३ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव फेलापरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले आज बिहान बालिका बिनिता भ्लोनको शव फेला परेको जानकारी दिए ।

निर्मल माध्यामिक विद्यालयबाट पढेर फर्किने क्रमममा मङ्गलबार अपराह्न चार बालिकालाई खोलाले बगाएको थियो । उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो भने एक जना मृतावस्थामा फेलापरेकी थिइन् ।

कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन भने अझै बेपत्ता छिन् । उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी जुटिरहेका छन् ।

खोलाले बगाएका चार विद्यार्थीमध्ये मङ्गलबार राक्सिराङ–१ की रेश्मा स्याङ्तान (कक्षा २) मृतावस्थामा फेलापरेकी थिइन् भने सीमा भ्लोन (कक्षा ६) लाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८३, बुधबार  १० : ०२ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार