भीम रावलले राजीनामा दिनु आवश्यक थिएन : वामदेव गौतम | Khabarhub Khabarhub

भीम रावलले राजीनामा दिनु आवश्यक थिएन : वामदेव गौतम


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएकोमा अर्का उपाध्यक्ष वामदेव गौतमले असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले रावलले राजीनामा दिन आवश्यक नरहेको प्रतिक्रिया दिएका हुन् ।

सरकारलाई विश्वासको मत दिने सवालमा अदालतले स्वविवेकीय अधिकार प्रदान गरिसकेपछि कसैले राजीनामा दिइरहनु नपर्ने उनको भनाइ छ ।

राष्ट्रियसभा बैठक बस्नुपूर्व पत्रकारहरूसँग कुरा गर्दै गौतमले भने, ‘संवैधानिक इजासले नै राजीनामा गर्न पर्दैन भनेको छ । पार्टीको निर्णय मान्ने नमान्ने आफ्नो कुरा भएकाले यसमा राजीनामा दिइरहनु आवश्यक थिएन ।’

सरकारको पक्षमा मतदान गर्नेहरू पार्टीमा नरहने भनेर आज स्थायी कमिटीले गरेको निर्णयबाट डराउनु नपर्ने गौतमको भनाइ छ । यदि पार्टीले कारवाही गर्‍यो भने फेरि सर्वोच्चले पार्टीमा राख भन्ने आदेश दिने भएकाले डराउनु नपर्ने उनले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ५ : ५१ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

आज २०८२ साल कात्तिक २९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २९ गते शनिबार। मंसिर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली