लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ « Khabarhub

लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– बेलका नगरपालिका–९ भतुवाबाट गएराति गोप्य सूचनाका आधारमा लागुऔषध ब्राउनसुगरसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा बेलका–२ का ३७ वर्षीय विनोद परियार, बेलका–९ का ३६ वर्षीय दिनेश खड्का, बेलका–७ का २८ वर्षीय मेजरमान राई र अर्का २९ वर्षीय जीवन राई रहेका छन् ।

गएराति १०ः०० बजेतिर इलका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको र उनीहरुका साथबाट झण्डै ७५ मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।

पक्राउ गरिएका अभियुक्तले भारतबाट सप्तरीको बाटो हुँदै ब्राउनसुगर बेलका भित्र्याइएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पुष्टि गरेको छ ।

पक्राउ गरिएको चारैजना व्यावसायिक लागुऔषध ओसारपसार पेशामा संलग्न रहँदै आएको र गएराति पनि गोप्य सूचनाका आधारमा उनीहरुले कारोबार गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ गरिएकालाई आजै प्रहरीले जिल्ला अदालतमा म्याद थप गरेर लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ९ : १५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)