साउदीस्थित नेपाली दूतावासले राहदानी नवीकरण गर्न अस्थायी कार्यालय संचालन गर्दै « Khabarhub

साउदीस्थित नेपाली दूतावासले राहदानी नवीकरण गर्न अस्थायी कार्यालय संचालन गर्दै


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीस्थित नेपाली दूतावासले राहदानी नवीकरणका लागि अस्थायी कार्यालय संचालन गर्ने भएको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै आगामी अगस्ट १३ तारिखमा दूतावासले राहदानी नवीकरणको आवेदन संकलन गर्ने भएको हो ।

दूतावासले सूचना जारी गर्दै त्यहाँको पूर्वी क्षेत्रको दमाम शहरमा अस्थायी कार्यालय संचालन गरेर राहदानी नवीकरण आबेदन संकलन गर्ने जनाएको छ । दमामको अल असेम रेस्ट हाउस फर फेस्टिवल्स अल फैसालियामा अगस्ट १३ तारिख बिहान ७ देखि साँझ ७ बजेसम्म अस्थायी कार्यालय संचालन गरिने दूतावासले जनाएको छ ।

आवेदन संकलनका लागि सक्कल राहदानी वा राहदानीको फोटो भएको पेज र पेज नं ३१ को फोटोकपी एक एक प्रति, नागरिकताको समेत फोटो कपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) आवश्यक पर्ने दूतावासले जारी गरेको सूचनामा भनेको छ ।

राहदानी नवीकरण दस्तुर २ सय साउदी रियाल लाग्ने छ भने हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भएमा ४ सय रियाल लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १२ : १० बजे

मतदान सकिएको २ घण्टाभित्र परिणाम आइसक्ने दाबी 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मतदान सकिएको २ घण्टाभित्रमा

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका