मेची अस्पतालका ड्युटीमा रहेका चिकित्सक कपुरीमाथि कुटपिट | Khabarhub Khabarhub

मेची अस्पतालका ड्युटीमा रहेका चिकित्सक कपुरीमाथि कुटपिट


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उनलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् ।

श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरीमाथि अनावश्यक विवाद गरी कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा टङ्कप्रसाद बाह्रकोटीले बताए ।

“हामीले असुरक्षा महसुस गरिरहेका छौं”, उनले भने, “बिरामीको उपचार गर्नु हाम्रो कर्तव्य हो, हामी कर्तव्यबाट च्यूत हुँदैनौं, तर उपचार गर्ने डाक्टरमाथि बिना कारण अस्पतालमै कुटपिट गर्ने जुनसुकै दोषीमाथि कडा कारवाही हुनुपर्छ ।” डा कपुरीले घटनाका दोषीमाथि कारवाही गरिपाउँ भनी आजै जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले उजूरीका आधारमा घटनाको छानबिन गरी दोषी देखिए कारवाही गर्ने जानकारी दिए । घटनाको छानविन भएर दोषीलाई कारवाही नभएसम्म स्वास्थ्यकर्मीले अस्पतालका सम्पूर्ण आकस्मिक सेवा बन्द गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १ : ४० बजे

कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार दाहालको ‘लालीगुराँसको साटो’ सार्वजनिक

काठमाडौं – ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा

कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

काठमाडौं – गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्