दुई स्थानीय तहको कोभिड कोषमा ५० लाख सहयोग | Khabarhub Khabarhub

दुई स्थानीय तहको कोभिड कोषमा ५० लाख सहयोग


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– सूर्य नेपाल प्रालिले तनहुँको दुई स्थानीय तहको कोभिड कोषमा रू. ५० लाख सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा सूर्य नेपालले ५० लाख सहयोग गरेको हो ।

सूर्य नेपालले शुक्लागण्डकीलाई रू ३० लाख र म्याग्दे गाउँपालिकालाई रू २० लाख सहयोग गरेको जनाएको छ । सूर्य नेपाल प्रालि तनहुँका कारखाना व्यवस्थापक बाबुराम कार्कीले सम्बन्धित पालिकाका प्रमुख र अध्यक्षलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा कार्कीले कम्पनीले यस क्षेत्रमा गरेका विभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाए । कम्पनीका मानव संशाधन प्रमुख अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल सदैव तयार रहेको बताए ।

शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले सूर्य नेपाल प्रालिले यस क्षेत्रको सामाजिक आर्थिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा गरेको बताए ।

सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिकाको कोभिड प्रकोप व्यवस्थापन कोषमा रु १० लाख तथा सातवटै प्रदेशमा रु एक/एक करोड प्रदान गरेको थियो । सूर्य नेपालले यस क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकालाई एक/एक थान एम्बुलेन्स प्रदान गरेको थियो । त्यस्तै कोभिड–१९ को रोकथाम तथा उपचारका लागि यस क्षेत्रका विभिन्न अस्पताल तथा स्थानीयवासीलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : १५ बजे

जेनजी आन्दोलनका अमर प्रहरी राय : श्रीमतीलाई भनेका थिए– ‘सटरभित्र सुरक्षित छु, तनाव नलेउ’

काठमाडौं– जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते ।

परम्परागत बाटो मासिँदै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै (फोटोफिचर)

काठमाडौं– नेपाल र भारतबीच रहेको खुला सिमाना केवल दुई देशका

म्याग्दीको अन्नपूर्णमा टोल टोलमा स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण

क्रोएसिया फिफा विश्वकप–२०२६ मा छनोट

काठमाडौं– फिफा विश्वकप–२०२६ का लागि क्रोएसिया छनोट भएको छ ।

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी– बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न