विश्वको सबैभन्दा उचाइमा ‘फेशन शो’ हुने « Khabarhub

विश्वको सबैभन्दा उचाइमा ‘फेशन शो’ हुने


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ को दोस्रो संस्करण आयोजना हुने भएको छ ।

नेपालसहित विश्वका विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो आगामी असोज ६ गते (२२ सेप्टेम्बर २०२१) मा सगरमाथा कालापत्थर क्षेत्रमा आयोजना हुने छ ।

के फिल्मस् र एमई टू फिल्मस्‌को सहकार्यममा कार्यक्रम आयोजना हुने भएको छ । फेशन रन वे को पहिलो संस्करण गतवर्ष २०७६ पुस—माघमा आयोजना भएको थियो ।

जुन कार्यक्रमले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ बाट विश्व कीर्तिमानको उपाधि प्राप्त गरेको थियो । यो वर्ष पनि कार्यक्रमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा रेर्कड गराउने आयोजकको योजना छ ।

जसमा कार्यक्रमका अतिरिक्त सहभागी २ सय जनाले समेत व्यक्तिगत रुपमा वर्ल्ड रेकर्ड दर्ता गराउनेछन् ।

कार्यक्रमबारे जानकारी दिन सोमबार काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको सन्दर्भमा यो कार्यक्रमले नेपालको पर्यतीय पर्यटनमा नयाँ आयाम थप्ने बताए ।

उनले विश्वसमुदायले नेपाललाई मौसमी (सिजनल) पर्यटकीय गन्त्वयका रूपमा बुझ्ने गरेको भन्दै असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश समेत दिने बताए ।

उनले कोभिडका कारण पर्यटकीय गतिविधि हुन नसकिरहेको अवस्थामा बोर्डले अवस्था सहज हुनासाथ प्रवर्द्धनका अन्य कामलाई निरन्तरता दिने जानकारी दिए ।

कार्यक्रममा ग्लोबल आईएमई बैकका सिइओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तरराष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताए ।

के फिल्मसका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दिगो पर्यटनको अवधारणालाई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्ने बताए ।

उक्त कार्यक्रमलाई भारतका एमई टू फिल्मस्‌का सञ्चालक तथा रियालिटी शो निर्देशक श्रुती आनन्दिता बर्मा र अमिताभ एस बर्माले निर्देशन गर्नेछन् ।

कार्यक्रममा दुवैजनाले विश्वकै अग्लो सगरमाथा र त्यसको काखमा आयोजना हुने कार्यक्रमको निर्देशन गर्न पाउँदा खुशी लागेको बताउँदै यसले नेपालको शाहसीक पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने धारणा राखे ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ९ : ०७ बजे

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को

शान्ति सम्झौता र गणतन्त्रका पक्षधरबीच मोर्चाबन्दी आवश्यक : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल