आयरल्याण्डविरूद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरूवात « Khabarhub

आयरल्याण्डविरूद्धको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रिकाको विजयी शुरूवात


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिजमा पाहुना टोली  दक्षिण अफ्रिकाले विजयी शुरूवात गरेको छ ।

डुब्लिनमा सोमबार भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्याण्डलाई ३३ रनले हराउँदै तीन खेलको सिरिजमा बिजयी शुरूवात गरेको हो । जितसँगै दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ ।

दक्षिण अफ्रिकाले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए । बेरी म्याककार्थीले अविजित ३० तथा जोस लिटल १५ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका ताब्रेज सामीले ४ विकेट लिए । लुंगी एनजिडी र जर्ज लिन्डेले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन मार्क्रमले सर्वाधिक ३९ रन जोडे ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : २५ बजे

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाले रसुवा बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको

तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा

ताप्लेजुङ– ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि

राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा

एजेन्सी– इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको

अभिनेत्री मनीषाको विश्व समुदायलाई अपिल : भ्रमण गरिदिएर नेपालको पर्यटन चलायमान बनाइदिनुस्

काठमाडौं– नेपाल–तिब्बत सीमा क्षेत्र आसपास आएको विनाशकारी बाढीले देश शोक