कुवेतको चर्को घाममा काम गर्ने र गराउने दुबैलाई कारबाही « Khabarhub

कुवेतको चर्को घाममा काम गर्ने र गराउने दुबैलाई कारबाही


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतको चर्को घाम काम लगाउने रोजगारदाता कम्पनी र काम गर्ने श्रमिक दुबैलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

कुवेतको पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)का निरीक्षक अब्दुल्लाह अल-ओताबीले चर्को घाममा काम लगाउने कम्पनी र काम गर्ने दुबैलाई कारबाही गर्ने बताएका हुन् ।

निरीक्षणका क्रममा टोलीले चर्को घरमा काम लगाउने ११ वटा कम्पनी तथा ११ जना श्रमिकलाई चर्को घाममा काम गरेको फेला पारेपछि दुबैलाई कारबाही गर्ने चेतावनी दिएको अल-ओताबीलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

पहिलो पटक चेतावनी मात्र दिएको र पुन: निरीक्षण गर्दा नियम उल्लंघन गरेको भेट्टाए कम्पनी तथा श्रमिकलाई कारबाहीको लागि कानूनी मामिला विभागमा पठाइने उनले बताए । श्रमिकलाई चर्को घाममा काम लगाउने कम्पनीको फाइल बन्द गरी १०० देखि २०० कुवेती दिनारसम्म जरिवाना हुने उनले बताए ।

यसअघि पीएएमले घाममा काम लगाउने ५३८ वटा कम्पनीलाई जरिवाना गरिसकेको जनाएको छ । रोजगारदाता कम्पनीहरुलाई कामदारको सुरक्षाको ग्यारेन्टी गर्न र कानूनी समस्याबाट जोगिन निर्देशनको पालना गर्न आग्रह गर्दै निर्णय कार्यान्वयन गर्न र श्रमिकको स्वास्थमा ध्यान दिन आग्रह गर्दै आएको छ ।

पीएएमले कुनै पनि कम्पनीहरुले चर्को घाममा काम लगाए तत्काल निरीक्षण टोलीलाई  रिपोर्ट गर्न अनुरोध गरेको छ ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

दिउँसोको समयमा काम गर्न  गराउन प्रतिबन्ध लगाइए पनि काम गर्ने अवधि भने घटाइएको छैन। दिउसो घाम चर्को बेला काम रोकेर साँझ तापक्रम कम भएको बेला काम गरेर वोर्किङ आवर सधैको झैँ बराबर गर्न सकिने बताइएको छ ।

कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : ४० बजे

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाले रसुवा बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको

तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा

ताप्लेजुङ– ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि

राष्ट्रियसभा सदस्य : सरकारबीच समन्वय गरेर उद्धार प्रभावकारी बनाउन आग्रह

काठमाडौं– राष्ट्रियसभा सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिहरूबीच

अमेरिकी आर्थिक कारबाहीमा ईयूको समर्थनप्रति इरानको निन्दा

एजेन्सी– इरानविरुद्ध अमेरिकाले जारी गरेको आर्थिक कारबाहीमा (युरोपियन युनियन) ईयूको

अभिनेत्री मनीषाको विश्व समुदायलाई अपिल : भ्रमण गरिदिएर नेपालको पर्यटन चलायमान बनाइदिनुस्

काठमाडौं– नेपाल–तिब्बत सीमा क्षेत्र आसपास आएको विनाशकारी बाढीले देश शोक