कतारमा १६ लाखभन्दा बढीले लगाए कोरोनाबिरुद्धको दुबै डोज खोप « Khabarhub

कतारमा १६ लाखभन्दा बढीले लगाए कोरोनाबिरुद्धको दुबै डोज खोप


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यमध्यको एक कतारमा १६ लाख ७ हजार ५१ जनाले कोरोनाविरुद्धको दुबै खोप लगाएका छन् ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म १९ लाख १५ हजार ९५० जनाले खोपको पहिलो डोज पनि लगाइसकेको जनाएको छ ।

बढी उमेर समूहलाई प्रथामिकतामा राखेर सुरुवात गरिएको खोप अभियानमा ६० वर्षभन्दा माथिका ९३.५ प्रतिशतले व्यक्तिले पूरा खोपको मात्र लगाइसकेको मन्त्रालयले जनाएको छ ।

खोप शुरू भएयता ३५ लाख ५९ हजार ३१२ डोज खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ । कतार पछिल्लो समय कोरोना संक्रमण पनि घट्दै गइरहेको छ ।

कतारमा पछिल्लो २४ घण्टामा १२४ जनामा मात्र नयाँ संक्रमण भेटिएको छ । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख २४ हजार ४०२ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअवधिमा १५२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख २२ हजार २५७ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ५९९ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा १ हजार ५ सय ४६ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ७२ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ३३ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाइसकेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

खोप नलिएका सबै योग्य व्यक्तिहरूलाई पनि खोप लिन समेत मन्त्रालयले आग्रह गरेको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई निःशुल्क रुपमा खोप दिइरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : ५५ बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय