एमाले वरिष्ठ नेता नेपालसँग दाहाल र यादवको छुट्टाछुट्टै भेटवार्ता « Khabarhub

एमाले वरिष्ठ नेता नेपालसँग दाहाल र यादवको छुट्टाछुट्टै भेटवार्ता


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

बिहान कोटेश्वरस्थित नेपाल निवासमा दाहालले उनीसँग ४५ मिनेट जति कुराकानी गरेका हुन् । भेटमा दाहालले सरकारमा सहभागी हुन नेपाललाई आग्रह गरेको बुझिएको छ ।

दाहाललाई ९ बजेतिर नेपाल निवासबाट बाहिरिएपछि जसपा अध्यक्ष यादब पुगेका थिए । यादवसँग के कुराकानी भयो भन्ने केही खुलाइएको छैन ।

यद्यपि ओली सरकार ढाल्न एकजुट भएका सबै सरकारमा सहभागी भएर जनतामा सकारात्मक सन्देश दिनपर्ने भन्दै उनीहरुले नेपाललाई आग्रह गर्दै आएको जनाइएको छ । तर नेपाल पक्षका कतिपय नेताहरु एमालेमै रहेर संस्थागत निर्णय बिना सरकारमा जान नहुने पक्षमा छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : ११ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट