वाणिज्य विभागद्वारा मापदण्ड विपरित सञ्चालित फर्महरुबाट ३ करोड ३३ लाख जरिवाना « Khabarhub

वाणिज्य विभागद्वारा मापदण्ड विपरित सञ्चालित फर्महरुबाट ३ करोड ३३ लाख जरिवाना


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षको अवधिमा मापदणड विपरित सञ्चालित विभिन्न फर्महरुमाथि कारबाही गरी ३ करोड ३३ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को एक वर्षको अवधिमा आफू मातहतका ५ कार्यालयहरुबाट गरिएको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालित फर्महरुमाथि सो रकम बराबरको जरिवाना गरिएको विभागले जनाएको हो ।

विभागका अनुसार विराटनगर, विरगन्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा रहेका कार्यालयलेहरुले सो अवधिमा ४ हजार ७७९ वटा व्यापारिक फर्ममा अनुगमन गरेका थिए । जसमा ५१ वटा फर्मको कारोबार समेत रोक्का गरिएको विभागले जनाएको छ ।

सो अवधिमा १ हजार ३४७ वटा फर्ममाथि कारबाही भएको र ती फर्महरुबाट ३ करोड ३३ लाख ७० हजार रुपैयाँ जरिवाना गरिएको विभागका निर्देशक तथा प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

‘अनुगमनका क्रममा यसरी मापदण्ड विपरित सञ्चालन गरिएका उद्योग तथा व्यापारिक फर्महरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुरुप कारबाही गरिएको हो,’ प्रवक्ता सेढाईंले भने, ‘कोरोना महामारीको विषम परिस्थितिमा पनि वभागले आफ्नो कामलाई निरन्तरता दिइरहेको छ।’

उक्त एक वर्षको अवधिमा अनुगमनका क्रममा म्याद समाप्त भएका ३ करोड ९८ लाख ५३ हजार २५९ रुपैयाँ मूल्य बराबरको खाद्य वस्तु जफत गरी नष्ट गरिएको उनले जानकारी दिए ।

सोही अवधिमा ४ हजार ४१ वटा व्यापारिक फर्महरुलाई सामान्य कारबाही गरिनुका साथै सचेत गराइएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १० : २८ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान