प्रचण्डको सुरक्षामा डीएसपी नेतृत्वको १० सुरक्षाकर्मी | Khabarhub Khabarhub

प्रचण्डको सुरक्षामा डीएसपी नेतृत्वको १० सुरक्षाकर्मी


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाएको छ ।

सुरक्षा चुनौती भन्दै गृहमन्त्री बालकृष्ण खाँडको निर्देशनमा प्रचण्डलाई डीएसपीको नेतृत्वमा सुरक्षा दिने निर्णय अनुरुप सुरक्षाकर्मी खटाइएको गृहमन्त्रालयले जनाएको छ ।

अहिले प्रचण्डको सुरक्षामा डीएसपी विनोद घिमिरेको नेतृत्वमा १० सुरक्षामर्की खटाइएको मन्त्रालयका एक अधिकारीले जनाए ।

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा अनुसार प्रधानमन्त्रीलाई मात्रै डीएसपीको नेतृत्वमा सुरक्षा दिने व्यवस्था छ ।

कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डले आजीवन प्रहरी निरीक्षकको नेतृत्वमा १५ जना सशस्त्र र दुई जना नेपाल प्रहरीका कर्मचारी सुरक्षार्थ प्रयोग गर्न सक्छन् ।

नेकपा एमालेका नेता माधवकुमार नेपालको सुरक्षा पनि बढाइएको छ । प्रहरी अधिकारीहरुका अनुसार ओली समूहका कार्यकर्ताबाट थ्रेट बढेको भन्दै सुरक्षाकर्मी थप गरिएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  २ : ०९ बजे

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका

हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बागमती– चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

कैलाली– कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा