डोटीमा मतदाता नामावली अद्यावधिक शुरु | Khabarhub Khabarhub

डोटीमा मतदाता नामावली अद्यावधिक शुरु


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्ला निर्वाचन कार्यालयले जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य शुरुआत गरेको छ ।

कार्यालयले यहाँका नौवटै स्थानीय तहमा नागरिकलाई आफ्नो नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिर्वतनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ ।

कार्यालयले यहाँका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगका सहकार्यमा यही साउन ३ गतेदेखि अद्यावधिकको काम शुरु भएको कार्यालय प्रमुख दलबहादुर मलासीले जानकारी दिए ।

जिल्लाका कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको कार्यालयले जनाएको छ । ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको उनले बताए ।

विसं २०७४ मा भएको प्रतिनिधिसभाका निर्वाचनमा जिल्लामा ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष मतदाता रहेका थिए । अहिले मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहने अनुमान कार्यालयको छ । थपिएकाको नामावली अद्यावधिकको कामका लागि सबै राजनीतिक दलहरुलाई सहयोग गर्न कार्यालयले आग्रह गरेको छ ।

अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको, ठाउँ परिर्वतन, श्रीमान्, श्रीमतीको नाम परिर्वतन (सच्याउन) तथा नामावलीमा अन्य कुनै त्रुटि भएको भए सच्याइने कार्यालयले जनाएको छ ।

सो निर्वाचनमा जिल्लामा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ र समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  २ : २८ बजे

कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार दाहालको ‘लालीगुराँसको साटो’ सार्वजनिक

काठमाडौं – ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा

कारागारबाट भागेकामध्ये एकैदिन ६२८ कैदीबन्दी फर्किए

काठमाडौं – गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका

तत्कालीन प्रधानमन्त्री ओलीसहित तीन नेतालाई राजनीतिमा बन्देज लगाउन रास्वपाको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनमा दमन गर्ने

गृह मन्त्रालय तानिए काठमाडौंका सीडीओ रिजाल

काठमाडौं – जेनजी आन्दोलनपछि चर्को आलोचनामा परेका काठमाडौंका प्रमुख जिल्ला

गुल्मीमा चट्याङ लागेर तीन जना घाइते

गुल्मी – गुल्मीमा चट्याङ लागेर तीन जना घाइते भएका छन्