जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित | Khabarhub Khabarhub

जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको जसपा संसदीय दलको बैठकले संसदीय दलको विधान २०७८ को विधान पारित गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

बैठकमा विधान मस्यौदा प्रस्तुत भई छलफल भएको र आएका सुझावहरु समेतलाई समावेश गरी संघीय संसदीय दलको विधान २०७८ पारित गर्ने निर्णय गरेको उनले बताए ।

यादवले संसदीय दलको बैठकबाट पारित विधानलाई अनुमोदनका लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय भएको जानकारी दिए ।

दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने उनले बताए ।

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका करीब दुई दर्जन सांसदहरुको उपस्थिति थियो ।

संसदीय दलका जेष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको बैठकमा २२ जना सांसद उपस्थित थिए । ३२ सांसद रहेको जसपा दुई समूहमा विभाजित छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : ३५ बजे

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका

हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बागमती– चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

कैलाली– कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा