प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा « Khabarhub

प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन्।

अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै थिए, सोही क्रममा आज खुमलटार पुगेका हुन् ।

प्रचण्ड पुत्री गंगा दाहालले आमाको सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री देउवा निवासमा पुगेको जानकारी दिएकी छन् । उनले फेसबुकमा तस्वीर पोष्ट गर्दै प्रधानमन्त्री देउवाले ममी (आमा) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र स्वास्थ्य लाभको शुभकामना दिएको बताएकी छन् ।

पार्किन्सन् रोगका कारण लामो समयदेखि सीता अस्वस्थ छिन् । उनलाई उपचारका लागि अमेरिका र भारतसमेत लगिएको थियो । पछिल्लो समय सीताको स्वास्थ्य अवस्था निक्कै कमजोर रहेको परिवारजनले बताएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : ४२ बजे

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी

चार महिनामा ११ हजार सरकारी कर्मचारी कारबाहीमा

 काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना

घट्न बढ्न सकेन नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ०.२६ अंकले घटेको छ