मेडिसिटी र यती एयरलाइन्सबीच एयर एम्बुलेन्स सेवामा सहकार्य « Khabarhub

मेडिसिटी र यती एयरलाइन्सबीच एयर एम्बुलेन्स सेवामा सहकार्य


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स तथा तारा एयरबीच एयरक्राफ्टमार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्यका लागि मंगलबार द्विपक्षीय सम्झौता भएको छ ।

अस्पतालका महाप्रबन्धक विजय रिमाल र एअरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड्गामीले सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

हाल देशमा हेलीकोप्टरबाट तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एयरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । यस व्यवस्थाले बिरामीहरुलाई रात्रिकालिन उद्धार उडान गर्न समेत सहज हुने भएको हो ।

नेपाल मेडिसिटी अस्पतालले बिरामीहरुलार्ई हवाई तथा ग्राउण्ड एम्बुलेन्समार्फत आकस्मिक तथा उद्धारमा गुणस्तरीय सेवा प्रदान गर्दै आएकोमा यतीसँगको सहकार्यले यो सेवा थप विस्तारित हुने आशा अस्पतालका महाप्रबन्धक विजय रिमालले बताएका छन् । उनका अनुसार अस्पतालद्वारा एयरलाइन्सका उडान दल तथा विभिन्न स्थानका ग्राउण्ड ह्याण्डलीङ कर्मचारीलाई प्री हस्पिटल केयर अर्थात अस्पताल आउनुपूर्वको प्राथमिक उपचार र आकस्मिक उद्धारका विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यले हाम्रा उडानसेवा उपलब्ध हुने स्थानहरुबाट आकस्मिक उपचार तथा एयरलिफ्ट गरी थप उपचारको लागी आवश्यक हुने बिरामीहरुको आवश्यकता अनुसार जुनसुकै समयमा विमानलाई तुरुन्तै एयर एम्बुलेन्समा परिणत गरी विशेष सेवा उपलब्ध हुने छ ।

आवश्यक परेको खण्डमा एक भन्दा बढि बिरामी र बिरामीका पक्षलाई उपचारका लागि स्थानान्तरण गर्न सक्षम रहेको प्रवक्ता बर्तौलाले बताए । उनका अनुसार यस महामारीको विषम परिस्थितीमा यस प्रकारको सेवाले दुर्गम क्षेत्रका जनताले समयमै उपचार पाउन सहज हुने बताए ।

देशैभरका नागरिक सम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका लागि यस सम्झौताले विशेष भूमिका खेल्न सक्नेछ । आकस्मिक उद्धारका लागि दूरदराजमा समेत यती एयरलाईन्सको यस सेवाबाट सहज तथा सहुलियत सेवा प्रदान गर्ने अवसर सिर्जना हुनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ४ : ११ बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या