बस्तीमा जमेको पानी निकासका विषयमा  स्थानीय र प्रहरीबीच झडप, १३ प्रहरी घाइते « Khabarhub

बस्तीमा जमेको पानी निकासका विषयमा  स्थानीय र प्रहरीबीच झडप, १३ प्रहरी घाइते


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- धनगढी उपमहानगरपालिका– ३ को बस्तीमा जमेको पानीको निकास खोल्ने क्रममा आज साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा १३ प्रहरी घाइते भएका छन् ।

वडा नं ३ र २ को बीचमा पर्ने ‘छ लेन’ सडकमा पर्ने पुलेसा हुँदै जमेको पानी निकास गर्ने क्रममा २ नम्बरका वडावासीले अवरोध सिर्जना गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

सो क्रममा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५० भन्दा बढी राउण्ड अश्रुग्यासको प्रयोग गर्नुपरेको अधिकारीले बताए ।

जमेको पानी निकास नहुँदा वडा नं ३ स्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनसमेत डुबानमा परी विद्युत् आपूर्ति बन्द हुने र विद्युतीय उपकरणमा ठूलो क्षति पुग्ने देखिएकाले प्रहरीको पहलमा होचो भूभाग रहेको वडा २ तर्फ जमेको पानी निकास गर्ने प्रयास गरिएको थियो ।

प्रहरी उपरीक्षक अधिकारीले भने, “अहिले स्थिति सामान्य हुँदैछ, घाइते प्रहरीको अवस्था खतरामुक्त छ ।”

केही दिनदेखि भइरहेको वर्षासँगै वडा नं ३ को कृषि हाटबजार, नेपाल विद्युत् प्राधिकरणको कार्यालय, विशालनगरलगायतका टोल आसपासमा दुई तीन फिटसम्म पानी जमेको छ । -रासस

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : ४७ बजे

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

झापा– एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको

आशिकालाई प्रश्न : हिजो किन रिसाउनु भयो ? जवाफमा भनिन् : पिशाव फेर्न जान नपाउनू

काठमाडौं- मंगलबार बसेकव प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसँग रिसाएर हिँडेकोबारे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय