२२ सांसदलाई कारबाही गर्ने तयारीमा संस्थापन पक्ष, आन्तरिक छलफलमा नेपाल-खनाल समूह | Khabarhub Khabarhub

२२ सांसदलाई कारबाही गर्ने तयारीमा संस्थापन पक्ष, आन्तरिक छलफलमा नेपाल-खनाल समूह


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको विवाद निर्णायक तहमा पुगेको छ । संस्थापन पक्षको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ ।

नेपाल-खनाल पक्षको वहिष्कारका बीच एमाले बैठक सोमबारदेखि जारी छ । अपराह्न तीन बजे  बस्ने आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई कारबाहीको निर्णय गर्न सक्नेछ ।

स्पष्टीकरण सोधिएको २४ घण्टा नपुगेको भन्दै मंगलबार कारबाही नगरिएका उनीहरुलाई आजको बैठकबाट कारबाही गर्ने तयारी भएको छ ।

तर, संविधानको धारा ७६-५ को सरकार गठनमा सांसदलाई पार्टीको ह्वीप नलाग्ने फैसला सर्बोच्च अदालतले गरेकाले उनीहरुलाई त्यही निर्णयले मात्रै कारबाही गर्न अप्ठ्यारो हुने भएकाले अरू पनि कारण देखाएर हटाउनेसम्मको तयारी संस्थापन पक्षले गरेको छ ।

बैठकमा माधव नेपाल पक्षले पार्टी छाडेमा पर्ने प्रभाव कस्तो हुन्छ भन्नेमा पनि छलफल भइरहेको छ । बैठकमा विधान अधिवेशनका विषयमा पनि निर्णय हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

नेपाल पक्षको स्थायी कमिटी बैठक

संस्थापन पक्षले २२ सांसदलाई कारबाहीको तयारी गरेपछि कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठक जारी छ ।

ओलीले पेलेरै पार्टीलाई अघि बढाउन खोजेको भन्दै यो समूहभित्र वारपार गरेर अघि बढ्नु पर्ने दबाब नेता माधव कुमार नेपालमाथि पर्दै गएको छ ।

भर्चुअल माध्यमबाट जारी बैठकले नेपाल पक्षको आगामी कदमबारे निर्णयको तयारी भएको छ । गठबन्धन बनाएर ओली सरकार ढाल्न मद्दत गरेको तथा देउवालाई विश्वासको मतसमेत दिएको यो समूहलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका नेता प्रचण्डले आग्रह गर्दै आएका छन् ।

तर, सरकारमा जान पार्टीको संस्थागत निर्णयबिना सम्भव नहुँने भएकाले यसबारे नेपालले निर्णय दिन सकेका छैनन् । यद्यपि उनलाई नयाँ पार्टी गठनमा सहज हुने गरी अध्यादेश ल्याउनेसम्मको आश्वासन प्रधानमन्त्री देउवाले दिएको निकट स्रोतले जनाएका छन् ।

०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल-खनाल पक्ष संघर्षरत छ ।

तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै नेपाल-खनाल पक्षसँग संस्थापन पक्ष सकारात्मक छैन । पार्टी अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालबिनाको एमाले एकताको वकालत गर्न थालेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १२ : ०५ बजे

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका