पहिरोले कर्णाली राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- मङ्गलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका–२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए ।

“अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ”, उनले भने, “सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।”

पहिरोका कारण यात्रुहरु अलपत्र पर्नाका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरु बीच बाटोमै रोकिएको यातायात व्यवसायी किशोर बिष्टले जानकारी दिए ।

अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

“पहिरो पन्छाउने काम भइरहेको छ,” उनले भने, “आज बेलुकासम्ममा राजमार्ग खुला हुन्छ ।”

त्यस्तै, अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको सान्नी त्रिवेणी गाउँपालिका–१ को रेगिलमा ठूलो पहिरो गएको छ । पहिरोका कारण कर्णाली करिडोर पनि अवरुद्ध रहेको सान्नी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष भरत विकले बताए ।

“उक्त करिडोरमा पानी पर्नासाथ पहिरो जाने र राजमार्ग बन्द हुने गरेको छ”, उनले भने ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : ०५ बजे

जमराबिना दशैँ मनाउने अनौठो परम्परा

बागलुङ– बडादशैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल

पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युतीकरण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका) मा

विद्युत् विस्तारपछि गाउँगाउँमा ‘विद्युतीय मिल’ 

भोजपुर– विद्युतीकरणपछि भोजपुरका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ

दशैँ टीकाको दिनबाहेक अन्य दिन अध्यागमन विभाग खुला रहने

काठमाडौं– अध्यागमन विभागले बडादशैँको सार्वजनिक बिदाको अवधिमा दशैँको टीकाको दिनबाहेक

४४ प्रतिशतले बढ्यो अलैँचीको निर्यात

झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो