वाणिज्य विभागद्वारा ५२ व्यावसायिक फर्ममाथि कारबाही | Khabarhub Khabarhub

वाणिज्य विभागद्वारा ५२ व्यावसायिक फर्ममाथि कारबाही


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि विक्री  गर्ने ५२ व्यावसायिक फर्म कारबाहीमा परेका छन् ।

वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा २०२ व्यावसायिक फर्ममा अनुगमन गरिएकामा सो सङ्ख्याका फर्ममा कारबाही गरिएको जानकारी दिएको हो ।

तीमध्ये विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि, कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगङ्गास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस रु दुई लाख वा सोभन्दा बढी जरिवानामा परेका थिए ।

ती फर्मबाट रु १९ लाख पाँच हजार जरिवाना असुल गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २२ फर्ममाथि कारवाही गरी रु नौ लाख २५ हजार जरिवाना गरेको थियो ।

यसैबीच गत आर्थिक वर्षमा एक हजार ८३९ नयाँ फर्म दर्ता भएकामा तीन हजार ३०६ फर्मको नवीकरण/संशोधन र दुईसय फर्म खारेजीमा परेको कार्यालयले जनाएको छ ।

यस प्रदेशको १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ९ : ०० बजे

रामकुमारी भन्छिन् : अहिले नै कता जाने, के गर्ने निर्णय भइसकेको छैन

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा

अन्तिम बैठकमा गएनन् सम्मानित नेता खनाल र महासचिव भुसाल

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सकिएको छ। सचिवालय

भक्तपुर बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर

फरार कैदी र लागूऔषध प्रयोगकर्तासहित पाँच जना पक्राउ

कर्णाली– जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौं कारागारबाट फरार एक कैदीसहित