सरकारको ‘न्यूनतम साझा’ कार्यक्रम तय गर्न माओवादी केन्द्रको आह्वान « Khabarhub

सरकारको ‘न्यूनतम साझा’ कार्यक्रम तय गर्न माओवादी केन्द्रको आह्वान


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्नका लागि आह्वान गर्ने निर्णय गरेको छ ।

आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदललाई आह्वान गर्ने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि संविधान र कानूनभित्र रहेर न्यूनतम नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको भन्दै नेता नारायणकाजी श्रेष्ठले भने,‘गठबन्धनको सरकारालई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धतामार्फत् अगाडि बढ्नुपर्ने भएकाले छिटो गठबन्धनका पार्टी सम्मिलित भएर साझा कार्यक्रमहरु तुरुन्त तय गर्न आह्वान गर्ने निर्णय भएको छ ।’

सरकारलाई विश्वासको मत दिने सबै राजनीतिक दलका नेताहरुलाई धन्यवाद दिने निर्णय समेत गरेको नेता श्रेष्ठले जानकारी दिए ।

ओली सरकारविरुद्ध संघर्ष गर्दा विपक्षी गठबन्धनले अघि सारेको एजेण्डाअनुसार वर्तमान सरकारको कामकारबाही अघि बढाउने विषयमा समेत स्थायी कमिटिमा छलफल भएको छ ।

नेता श्रेष्ठले भने,‘प्रतिगमनविरोधी संघर्ष गर्दा, प्रतिगामी कदमलाई असफल पार्नुका साथै असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, असहिष्णु र भ्रष्ट प्रवृत्तीको हामीले विरोध गरेका थियौं ।’

उनले भने,‘अबको सरकारका नीति योजना कामकारबाही व्यवहार र आचरण पहिला हामीले जुन कुराका विरुद्ध संघर्ष गरेका थियौं । त्यस्तो हुनुहुँदैन । हिजोको प्रवृत्ति देखिनुहुँदैन । यसमा जोड गर्ने भनेर निर्णय गरेको छ ।’

गठबन्धनहरुसँग रहेका सबै दलहरुसँग छलफल गरेर सकेसम्म सबै पार्टीबाट प्रतिनिधित्व हुनेगरी सरकारलाई पुर्णता दिने नेता श्रेष्ठले बताए ।

पार्टी निर्माणका बारेमा छलफल गर्न केन्द्रिय कमिटिको बैठक साउन २० गते र केन्द्रीय कमिटिको बैठकको तयारीका लागि साउन १७ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय समेत माओवादीले गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : १६ बजे

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा