बाबुराम भट्टराईको ट्वीटप्रति भाजपाको आपत्ति, हिन्दू धर्मलाई अपमान गरेको आरोप | Khabarhub Khabarhub

बाबुराम भट्टराईको ट्वीटप्रति भाजपाको आपत्ति, हिन्दू धर्मलाई अपमान गरेको आरोप


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालाले नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गरेको ट्वीटप्रति आपत्ति जनाएका छन् ।

डा. भट्टराईले भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाइरहेको तस्वीर ट्वीट गरेका थिए । उक्त तस्वीरमा लेखिएको विषयले हिन्दूहरूको अपमान भएको भन्दै सर्वत्र आलोचना भइरहेको अवस्थामा भाजपाका विदेश विभाग प्रमुख चौथाइवालाले पनि आपत्ति जनाएका हुन् ।

उनले डा. भट्टराईले इदको अवसरमा हिन्दूहरूको अपमान गरेको आरोप लगाएका छन् । चौथाइवालाले ट्वीटरमा भनेका छन्, ‘यो स्पष्ट हुन्छ कि तपाईं र तपाईंको सहपाठी इदको अवसरमा हिन्दू धर्म र रीतिरिवाजलाई अपमान गरिरहनु भएको छ ।’

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले भारतीय सहपाठीमार्फत पाएको तस्वीर भन्दै आदित्यनाथको तस्वीर ट्वीट गरेका छन् ।

उक्त तस्वीरमा ‘विश्वास खतरनाक चिज भएको र त्यसले दूध फालेर मुत्र पिलाउने’ भनाइ उल्लेख छ । सोही अभिव्यक्ति मुख्यमन्त्री आदित्यनाथले नदीमा दूध चढाइरहेको तस्वीरमा राखेर सामाजिक सञ्जालमा पोष्ट गरिएपछि हिन्दू धर्मप्रति आस्था राख्ने व्यक्तिहरूले आपत्ति जनाएका छन् ।

भट्टराईको ट्वीटप्रति राप्रपा अध्यक्ष कमल थापाले पनि आपत्ति जनाएका छन् । उनले आगोसँग नखेल्न भट्टराईलाई चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : ५० बजे

निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता

काठमाडौं– निर्वाचन आयोगले आसन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ

उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जनाको उद्धार

काँक्रेविहार– उपल्लो डोल्पामा हिउँमा फसेका पाँच जना प्रहरीलाई नेपाली सेनाको

स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्री गौतमको दुई महिने कार्ययोजना

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमले मन्त्रालयबाट हुने सेवा प्रवाहलाई

मिथ्या सूचनाको नियमनका लागि गृहले थाल्यो संयुक्त छलफल 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रमपूर्ण र मिथ्या सूचनाको नियमनका लागि

५१ प्रतिशत अल्पसंख्यक परिवारबाटै बहिष्कार 

काठमाडौं– यौनिक अल्पसङ्ख्यकहरूको संस्था समूह ब्लु डाइमन्ड सोसाइटी (निलहीरा समाज)