२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ७१५ जनाको पीसीआर परीक्षणबाट १ हजार ९१८ र ३ हजार ९०१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२० जना गरी जम्मा २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ४७५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा १,  झापामा १७०,  धनकुटामा १६,  भोजपुरमा ९,  मोरङमा २१,  सोलुखुम्बुमा १, संखुवासभामा १ र सुनसरीमा ५२ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १, पर्सामा १, बारामा १, महोत्तरी ८, रौतहटमा ४,  सप्तरीमा २, सर्लाहीमा ६ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा ४९०, काभ्रेमा २५, चितवनमा १६३, दोलखामा १८, धादिङमा १९, नुवाकोटमा १५, भक्तपुरमा ७९, मकवानपुरमा ३५, रसुवा ११, रामेछापमा ७, ललितपुरमा १२८, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा १९ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १८५, गोरखामा १०, तनहुँमा ४७, नवलपरासी पूर्वमा १९, पर्वतमा ५, म्याग्दीमा १३, लमजुङमा १४, बागलुङमा २९ र स्याङजामा १४ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ६, गुल्मीमा १३, दाङमा २५, नवलपरासीमा २, पाल्पामा ३२, प्युठानमा २,  बर्दियामा १६, रोल्पामा ३, बाँकेमा ६ र रुपन्देहीमा ४१ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा २, जुम्लामा २७,  दैलेखमा ३, रुकुम पश्चिममा १, हुम्लामा १ र सुर्खेतमा १० जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १८, कैलालीमा २६, डडेल्धुरामा ९, दार्चुलामा २, डोटीमा २ र बैतडीमा ३ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ६ : ३७ बजे

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा