जसपा विवाद : आधिकारिकता टुंग्याउन निर्वाचन आयोगको इजलास बस्दै « Khabarhub

जसपा विवाद : आधिकारिकता टुंग्याउन निर्वाचन आयोगको इजलास बस्दै


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउने तयारी गरेको छ ।

त्यसका लागि निर्वाचन आयोगको इजलास आज पनि बस्दैछ । गत आइतबारदेखि आधिकारिकता विवाद टुंग्याउन छलफल थालेको आयोगले प्रमुख आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ ।

जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव दुवै पक्षसँग गरिएको छलफलले निकास नदिएपछि इजलास गठन गरेर विवाद निरूपणको प्रयास भएको हो ।

यसअघि बसेको इजलासले दुवै पक्षलाई आआफ्नो सक्कली कागजपत्र पेस गर्न आदेश दिइसकेको छ । इजलासले जसपा केन्द्रीय कार्यकारिणी समितिको बहुमत र अल्पमत हेरेर निर्णय लिने तयारी गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव दुवै पक्षले आफूहरु नै आधिकारिक भएको दाबी गर्दै आफू अनुकुलका निर्णय गर्दै आएका छन् ।

पहिलो पटक गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि ओली सरकारविरूद्ध आन्दोलनमा गएको जसपा प्रतिनिधिसभा पुनर्स्थापनापछि भने ब्यवहारिकरूपमा विभाजित छ ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि ओलीले अदालतको फैसला मानेर अघि बढेको भन्दै अध्यक्ष महन्थ ठाकुर पक्षले ओलीलाई समर्थन गरेका थिए ।

तर, संविधान नै मास्न खोजेको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले ओलीविरूद्धको पाँच दलको गठबन्धनमा रहँदै संघर्ष गरिरहे ।

ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि ठाकुर पक्ष सरकारमा समेत सहभागी भएपछि जसपा विवाद उत्कर्षमा छ ।

सर्वोच्चले असार २८ मा प्रतिनिधिसभा विघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि यादब पक्ष सरकारमा जाने तयारी छ । यद्यपि पार्टीको आधिकारिकतामा अन्योल भएपछि यादब पक्षले निर्णय लिन सकेको छैन । आधिकारिकता छिनोफानो हुनेबित्तिकै सरकारमा सहभागी हुने यादब पक्षले बताएको छ ।

तर, साउन ३ मा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने चर्चा चुलिएका छन् । ठाकुर र देउवाबीच बुधबार भेटवार्ता समेत भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ९ : १६ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने