आजका समाचार : रविले भने- संविधान संशोधन सम्भव छैन, आईजीलाई खगेन्द्रको अर्को चुनौती, कांग्रेसको किचलो झन बढ्दै र किएभमा रूसको भीषण हमला « Khabarhub

आजका समाचार : रविले भने- संविधान संशोधन सम्भव छैन, आईजीलाई खगेन्द्रको अर्को चुनौती, कांग्रेसको किचलो झन बढ्दै र किएभमा रूसको भीषण हमला


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको संविधानका अधिकांश धारा पुनर्लेखन गर्न खोजिरहेका छन्। दलहरूले बहिष्कार गरे पनि शाह नेतृत्वको समिति संविधान संशोधन गरिछाड्ने मुडमा छ।

तर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने संविधान संशोधन सजिलो नरहेको बताएका छन् । उनले प्रतिनिधि सभाको दुईतिहाइ बहुमतले मात्रै संविधान संशोधन नहुने स्वीकारोक्ति गरेका हुन् ।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित पूर्वगृहमन्त्री लामिछानेलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले संविधान संशोधन गर्ने भए दुईतिहाइ बहुमतका लागि आफूले साथ दिने बताएका थिए । तर रविले शाहीलाई जवाफ फर्काउँदै लामिछानेले प्रतिनिधि सभाको दुईतिहाइले मात्रै संविधान संशोधन सम्भव नरहेको जवाफ दिएका हुन् ।

‘प्रतिनिधि सभामा दुईतिहाइ बहुमत पुग्दैमा संविधान संशोधन गर्दैनौँ भन्ने त पक्कै पनि होइन, त्यो हामी सबैलाई थाहा छ’, उनले भने, ‘संविधान संशोधनका लागि प्रतिनिधि सभाको मात्र दुईतिहाइले हुन सक्दैन। यी लगायत कुराहरूलाई हामीले अवश्य ध्यान दिनुपर्छ।’

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

‘सरकारका कसैले अनुसन्धानमा अवरोध गरे कारबाही गर्न अख्तियारलाई छुट छ’

अमरेशको प्रश्न- अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?  

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

सत्तामा जो आए पनि कसैलाई फसाउने, कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनुपर्छ : कानुनमन्त्री

महाधिवेशन रोक्न सर्वोच्च जाँदै कांग्रेसको इतर पक्ष, संस्थापन भन्छ, ‘कुनै हालतमा रोकिँदैन’

नेपाली कांग्रेसको विवाद तत्काल समाधान हुने संकेत देखिएको छैन । शेरबहादुर देउवा नेपाल फर्किएपछि वर्तमान सभापति गगन थापा र उनीबीच भेटवार्ता वा संवाद नै नभएको दुवै पक्षका नेताहरूले जानकारी दिएका छन् ।

अहिलेसम्म गगन थापाले पनि शेरबहादुर देउवालाई भेट्नेबारे केही बताएका छैनन् भने देउवाले पनि थापालाई बोलाएर भेट्ने प्रयास गरेको देखिँदैन । देउवा पक्षका नेताहरू पार्टी मिलाउन थापाले देउवासँग सल्लाह गर्नुपर्ने सुझाव दिन्छन् ।

गगन पक्ष भने पार्टी एकताका शेरबहादुर देउवा तयार भएपनि उनी पक्षका अरु नेताहरूले मिल्न नदिएको आरोप लगाउँछन् । यस्तै आन्तरिक किचलोबीच नेपाली कांग्रेसको नेतृत्व १५औँ महाधिवेशनको तयारीमा छ । तर पार्टीको संस्थापन इतर पक्षले भने १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ ।

पार्टी नेता डा। प्रकाशशरण महतका अनुसार बिहीबार बसेको १४औँ महाधिवेशनका पदाधिकारीसहित शीर्ष नेताहरूको भेलाले यस्तो निर्णय गरेको हो ।

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड
सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् ।

अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा ‘पर्यटन विधेयक २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाल ९हान०लगायतका सरोकारवाला निकायले पर्यटन व्यवसायलाई दीर्घकालीन, प्रभावकारी र बृहत्तर बनाउनुपर्नेमा धारणा राखेका थिए ।

सरोकारवालाले अबको पर्यटन ग्रीन, आरोग्य, धार्मिक, वैवाहिक पर्यटनलगायत विभिन्न नवीन शैलीका पर्यटनलाई समेट्न जोड दिएका छन् । होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले ‘पर्यटन विधेयक २०८१’ को मस्यौदाले क्यासिनो विस्तारमा मात्रै जोड दिएको बताए।

उनले विधेयकमा रहेको चारतारे र पाँचतारे होटल सङ्घले हेर्ने र होटेलले क्यासिनो सञ्चालन गरेबापत १० प्रतिशत शेयर लिनुपर्ने बाध्यकारी व्यवस्था हटाउनुपर्ने बताए।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफल निष्कर्षउन्मुख

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

बागमतीको ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

साढे २ वर्षीय बालक हराएको दुई दिनपछि घना जंगलभित्र सकुशल भेटिए
यहाँको गैंडाकोट नगरपालिका-१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई वर्षीय बालक सिवान तामाङ दुई दिनपछि सकुशल भेटिएका छन् ।

मंगलबार बिहान हजुरआमा यामकुमारी आले मगर च्याउ खोज्न शंखदेवी सामुदायिक वनतर्फ जाने क्रममा सिवानले पछ्याएका थिए । उनी हजुरआमालाई पछ्याउँदै जंगलमा छिरेका थिए । हजुरआमालाई पछ्याउँदै छिरेपछि उनी बाटो बिराएर उनी घना जंगलभित्र पुगेर हराएका थिए।

सिवानका आमाबुवा रोजगारीका लागि भारतमा छन् । त्यहीकारण उनी डेढ वर्षदेखि मामाघरमै बस्दै आएका थिए।

बालक हराएको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीयवासीले संयुक्त रूपमा खोजी थालेका थिए। रातदिन नभनी गरिएको खोजीका क्रममा दुई दिनपछि बालकलाई सकुशल भेटिएको हो ।

वैदेशिक सहायता राष्ट्रिय प्रणाली र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा स्थानीय तहलाई सक्रिय हुन आग्रह

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

आशिका तामाङद्वारा बानी व्यहोरा सुधार्ने घोषणा

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु
युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो दूरीको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन्।

पछिल्ला महिनामा रूस र युक्रेनले हवाई आक्रमण तीव्र बनाएपछि साढे चार वर्षदेखि जारी युद्धमा सर्वसाधारणमाथिको जोखिम बढेको छ ।

किएभका मेयर भिटाली क्लिट्स्कोले रातभर भएको आक्रमणबाट आवासीय क्षेत्र, गोदाम, स्वास्थ्य संस्था र शैक्षिक प्रतिष्ठानमा क्षति पुगेको बताए।

किएभ क्षेत्रको ब्रोभरी जिल्लामा पनि एक जनाको मृत्यु र अर्का एक जना घाइते भएको क्षेत्रीय गभर्नर तिमुर टाकाचेन्कोले बताए। उनका अनुसार एउटा औद्योगिक प्रतिष्ठानमा समेत क्षति पुगेको छ ।

जापानमा रेलको ठक्करबाट चार जनाको मृत्यु

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

ह्यारी–मेघन बेलायत फर्कने तयारीमा

आलमगीर बंगलादेशको २३औँ राष्ट्रपति बन्ने सम्भावना

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प






























प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  ७ : ५४ बजे

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्वारा बदर

काठमाडौं – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति

ट्रम्पले किमसँग भेट्ने बताएलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष उत्तर कोरियाका

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ