चितवनमा मृत भेटिएका व्यक्तिकाे सनाखत « Khabarhub

चितवनमा मृत भेटिएका व्यक्तिकाे सनाखत


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन भरतपुर महानगरपालिका–१७ सिमलडाँडामा बिहीबार बिहान ८ बजे मृत अवस्थामा फेला परेका व्यक्तिको सनाखत भएको छ ।

उनी धादिङ निलकण्ठ नगरपालिकाका ३६ वर्षीय भरत गुरुङ रहेको चितवन प्रहरी कार्यालयले जनाएको छ । उनी नेपाल सेनाको हुद्दा रहेको पनि प्रहरीले जनाएको छ ।

गुरुङ चितवनमा रहेको आफन्तको घरमा आएको पत्ता लागेपछि आफन्तको घर पत्ता लगाएर जाँच बुझ गर्दा उनको झोलासमेत फेला परेको थियो ।

उक्त झोलामा रहेका कागजात हेर्दा उनी नेपाली सेनाको महेन्द्र दल गणको हुद्दा भएको खुलेको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनी जग्गा किन्ने भन्दै चितवन आएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ७ : ३४ बजे

रूपन्देही जिल्ला अदालतले एक वर्षमा चार हजारभन्दा बढी मुद्दा फर्छ्यौट

भैरहवा- जिल्ला अदालत रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३ मा चार हजार

दुवागढीमा आगलागी : एक घर जलेर नष्ट,  ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति

झापा– मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी

राष्ट्रियसभामा ६ विधेयक टेबुल

काठमाडौं– राष्ट्रियसभाको बैठकमा विभिन्न ६ विधेयक टेबुल गरिएको छ ।

इतर पक्षका कांग्रेसी नेता गोल्फुटारमा भेला

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा इतर

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, अब परिसरमै स्वास्थ्य सेवा पाइने

काठमाडौं- निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि