हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा बाबुरामविरुद्ध प्रदर्शन | Khabarhub Khabarhub

हिन्दू विरोधी अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा बाबुरामविरुद्ध प्रदर्शन


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दू धर्म विरोधी अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय एकता अभियानले पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको छ ।

भट्टराईले हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य गरेको भन्दै अभियानले प्रदर्शन गरेको हो । अभियानका कार्यकर्ताहरुले भट्टराईविरुद्ध चर्को नारा लगाउँदै उनको पुत्ला समेत दहन गरेका छन् ।

अभियानका कार्यकर्ताहरुले ‘इसाईका दलाल बाबुराम–मुर्दावाद’, ‘देश वेचुवा बाबुराम–मुर्दावाद’, ‘रक्तचुसक बाबुराम –मुर्दावाद’ र मातृभूमिका गद्दार–मुर्दावाद’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका सहभागी अभियन्ता मनिषले पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै हिन्दुत्वविरोधी घृणा फैलाउने अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे ।

“पूर्व प्रधानमन्त्री भट्टराई इसाईका दलाल हुन्, पछिल्लो समय उनी हिन्दूत्वविरोधी घृणा फैलाउने काम गर्दै आइरहेका छन्,” उनले भने ।

यसैबीच एकता अभियानले भट्टराईविरुद्ध जनकपुरमा पनि प्रदर्शन गरेको छ । अभियानका कार्यकर्ताहरुले जनकपुरमा भट्टराईको पुतला दहन गरेका छन् । अभियान जनकपुरका संयोजक मनीष पुर्बे, सदस्यहरु चन्द्र भानु साह, सरोज यादव, दीपेन्द्र साहको नेतृत्वमा पुतला दहन गरिएको हो।

बुधबार बाबुरामले भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चडाई रहेको एउटा फोटो पोस्ट गर्दै गरेको ट्वीटलाई लिएर उनको आलोचना भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ७ : ५६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने