कुवेतमा तीन नेपालीको मृत्यु « Khabarhub

कुवेतमा तीन नेपालीको मृत्यु


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका तीन नेपाली श्रमिकको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेहरुमा लमजुङका अमिर तामाङ, धनकुटाकी सुमित्रा तामाङ र सिराहाका राजिउल्लाह मोहम्मद छन् । लमजुङका २५ वर्षीय तामाङको आफ्नो कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो ।

कुवेतस्थित नेपाली दूतावास स्रोतका अनुसार मृतक तामाङ गत वर्षको नोभेम्बरमै घर फर्किनको लागि कम्पनीबाट पासपोर्ट लिएर हिँडेको र गैरकानुनी रुपले कुवेतमै बस्दै आएका थिए । मृतक तामाङ ५ वर्ष अघि रोजगारीका कुवेत पुगेका थिए ।

यस्तै, धनकुटाकी सुमित्रा तामाङले आफू बस्ने कोठामा रहेको पंखाको सिलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन्। घरेलु महिलाको रुपमा कार्यरत तामाङले कुवेतको साल्मियामा रहेको घरमालिकको अपार्टमेन्टमा आत्महत्या गरेको कुवेत प्रहरीले जनाएको छ ।

उनी गैरकानुनीबाट हुँदै त्यहाँ पुगेर लेवनानी नागरिकको घरमा कार्यरत थिइन् । उनी कहिले कुवेत पुगेकी थिइन् र के कति कारणले आत्महत्याको बाटो रोजिन केही खुलेको छैन।

नेपाली दूतावासले भने गैरकानुनी हुँदै कुवेत आएकाले पूर्ण विवरण प्राप्त गर्न नसकेको जनाएको छ । यसैगरी सिराहाका राजिउल्लाह मोहम्मदको पनि सवारी दुर्घटनामा मृत्यु भएको छ ।

कुवेतको हार्दिस पिज्जा कम्पनीमा डेलिभरी ब्याईको काम गरिरहेका उनको सवारी दुर्घटनामा मृत्यु भएको हो।

उनीहरु कार्यरत कम्पनी तथा स्पोन्सरसँग समन्वय गरेर आवश्यक प्रक्रिया पूरा गरी मृतक तीन जनाकै शव स्वदेश पठाउने कार्य अघि बढाइएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ११ : ४५ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू