गोदावरी नगरपालिका बन्यो स्काउट दीक्षान्त गर्ने पहिलो स्थानीय तह | Khabarhub Khabarhub

गोदावरी नगरपालिका बन्यो स्काउट दीक्षान्त गर्ने पहिलो स्थानीय तह


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर जिल्लाको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई स्काउटको दीक्षान्त गर्ने पहिलो नगरपालिका भएको छ ।

देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भएपनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दीक्षान्त कार्यक्रम आयोजना गरेका छैनन् ।

नगर स्काउटले बिहीवार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख गजेन्द्र महर्जन, उप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायलाई दीक्षित गरेको हो ।

दीक्षित पदाधिकारीहरुलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं स्काउटका केन्द्रीय संयोजक भण्डारीले ओली नेतृत्वको सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा स्काउटको विकास र विस्तारका लागि नितिगत रुपमा निर्णय गरेर प्रक्रिया अगाडि बढाएको बताउँदै नयाँ सरकारले त्यसको सफल कार्यान्वयनका लागि जोड दिनु पर्ने बताए ।

कार्यक्रमका सभापति समेत रहेका संरक्षक एवम नगर प्रमुख गजेन्द्र महर्जनले स्थानीय तहमा स्काउटको अधिकार आएसंगै यसको विस्तार र विकासमा अवसर र चुनौती उत्तिकै रहेको बताए ।

कार्यक्रममा उपमेयर तथा स्थानीय स्काउटकी प्रमुख स्काउट मुना अधिकारीले नगर स्काउटको लागि नगरपालिकाको बन्दै गरेको नयाँ प्रशासकीय भवनमा स्काउटको लागि आवश्यक कोठा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको जानकारी दिइन् ।

नेपाल पत्रकार महासघंका महासचिव रोसन पुरीले विपद्मा स्काउटले खेलेको भूमिकाको प्रशंसा गर्दै स्काउटका गतिविधि जनताको माझ पुर्‍याउन आगामी दिनमा स्काउट र पत्रकार महासघंबीच सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा शिक्षा पत्रकार सन्जाल इजोनका पूर्व अध्यक्ष ईश्वरराज ढकालले हाल सामुदायिक विद्यालयहरुमा स्काउट अत्यन्तै कमजोर रहेको र त्यसको वृत्ति विकास र विस्तारका लागि अब स्थानीय तहले चासो दिनुपर्ने बताए ।

अभिभावक महासघंका अध्यक्ष सुप्रभात भण्डारीले गोदावरी नगरपालिकाले स्काउटलाई प्राथमिकतामा राखेर अघि बढेकोमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा स्काउट विकासमा देशकै नमुना नगरपालिकाका रुपँमा स्थापित हुने गरी अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा नगरभित्रका १४ वडाका वडाध्यक्ष, गोदावरी शिक्षक महासंघ, प्याब्सन, विभिन्न नगरपालिकाका स्काउट संयोजक, रोभर रेन्जर लगायतको उपस्थीति थियो ।

स्काउटको विकासका लागि गोदावरी नगरपालिकाले यो आर्थिक वर्ष १५ लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ४ : ३७ बजे

राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा

काभ्रेका १३ स्थानीय तह सम्मानित

काभ्रे– काभ्रे जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ ।

सप्तपाताल पोखरीको पुनर्निर्माण गरिँदै (तस्बिरहरू)

ललितपुर– ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ ।

टी-२० सिरिज : बिहीबार नेपालले नेदरल्यान्ड्ससँग दोस्रो प्रतिस्पर्धा गर्दै

काठमाडौं – नेपालले बिहीबार त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा

कैलाली कारागारमा रहेका एक कैदीको मृत्यु, परिवारले गरे हत्याको शंका 

धनगढी– कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ