गोदावरी नगरपालिका बन्यो स्काउट दीक्षान्त गर्ने पहिलो स्थानीय तह « Khabarhub

गोदावरी नगरपालिका बन्यो स्काउट दीक्षान्त गर्ने पहिलो स्थानीय तह


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर जिल्लाको गोदावरी नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमुखलाई स्काउटको दीक्षान्त गर्ने पहिलो नगरपालिका भएको छ ।

देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भएपनि अहिलेसम्म कुनै स्थानीय तहले स्काउटको दीक्षान्त कार्यक्रम आयोजना गरेका छैनन् ।

नगर स्काउटले बिहीवार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख गजेन्द्र महर्जन, उप्रमुख मुना अधिकारी तथा नगर शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायलाई दीक्षित गरेको हो ।

दीक्षित पदाधिकारीहरुलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं स्काउटका केन्द्रीय संयोजक भण्डारीले ओली नेतृत्वको सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा स्काउटको विकास र विस्तारका लागि नितिगत रुपमा निर्णय गरेर प्रक्रिया अगाडि बढाएको बताउँदै नयाँ सरकारले त्यसको सफल कार्यान्वयनका लागि जोड दिनु पर्ने बताए ।

कार्यक्रमका सभापति समेत रहेका संरक्षक एवम नगर प्रमुख गजेन्द्र महर्जनले स्थानीय तहमा स्काउटको अधिकार आएसंगै यसको विस्तार र विकासमा अवसर र चुनौती उत्तिकै रहेको बताए ।

कार्यक्रममा उपमेयर तथा स्थानीय स्काउटकी प्रमुख स्काउट मुना अधिकारीले नगर स्काउटको लागि नगरपालिकाको बन्दै गरेको नयाँ प्रशासकीय भवनमा स्काउटको लागि आवश्यक कोठा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको जानकारी दिइन् ।

नेपाल पत्रकार महासघंका महासचिव रोसन पुरीले विपद्मा स्काउटले खेलेको भूमिकाको प्रशंसा गर्दै स्काउटका गतिविधि जनताको माझ पुर्‍याउन आगामी दिनमा स्काउट र पत्रकार महासघंबीच सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा शिक्षा पत्रकार सन्जाल इजोनका पूर्व अध्यक्ष ईश्वरराज ढकालले हाल सामुदायिक विद्यालयहरुमा स्काउट अत्यन्तै कमजोर रहेको र त्यसको वृत्ति विकास र विस्तारका लागि अब स्थानीय तहले चासो दिनुपर्ने बताए ।

अभिभावक महासघंका अध्यक्ष सुप्रभात भण्डारीले गोदावरी नगरपालिकाले स्काउटलाई प्राथमिकतामा राखेर अघि बढेकोमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा स्काउट विकासमा देशकै नमुना नगरपालिकाका रुपँमा स्थापित हुने गरी अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा नगरभित्रका १४ वडाका वडाध्यक्ष, गोदावरी शिक्षक महासंघ, प्याब्सन, विभिन्न नगरपालिकाका स्काउट संयोजक, रोभर रेन्जर लगायतको उपस्थीति थियो ।

स्काउटको विकासका लागि गोदावरी नगरपालिकाले यो आर्थिक वर्ष १५ लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ४ : ३७ बजे

आज विश्व मातृ पृथ्वी दिवस मनाइँदै, दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौँ– दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व

कूटनीतिक राहदानीबारे सभामुख र दलका मुख्य सचेतकहरुबीच छलफल हुँदै

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा

‘जबज’सामु लोकप्रियतावाद र अवशरवाद केही समयका पाहुना हुन् : शंकर पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले अंगिकार गरेको मार्गदर्शक

नेकपा स्थापना दिवस कार्यक्रममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापना दिवसको