असुरक्षित अफगानहरूको लागि आठ हजार थप भिसा दिन अमेरिकी संसदको अनुमति | Khabarhub Khabarhub

असुरक्षित अफगानहरूको लागि आठ हजार थप भिसा दिन अमेरिकी संसदको अनुमति


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले आठ हजार थप विशेष आप्रवासी भिसा (एसआईभी) दिने सरकारको प्रस्तावलाई अनुमोदन गरेको छ ।

अफगानिस्तानको युद्धमा अमेरिकी सेनासँग काम गर्ने दोभाषे, ठेकेदार र अन्य कमजोर अफगानी नागरिकसमेतलाई लक्षित गरी थप भिषाको प्रस्ताबलाई अनुमोदन गरिएको हो ।

अमेरिकामा अफगानिस्तान द्वन्द्वका क्रममा नेटो सेनासँग सँगै काम गर्ने वा सहयोग गर्ने दुई हजार ५०० अफगानीहरूले असुरक्षाको कारण देखाउँदै अमेरिकामा शरण दिन गरेको निवेदनपछि यो निर्णय आएको हो ।

त्यस्तै १० हजार अफगानीले तेस्रो मुलुक वा समुद्रपार सैनिक शिविरमा बस्ने व्यवस्था गरिदिन निवेदन दिएका खामा प्रेसले जनाएको छ ।

ह्वाइट हाउसल भर्जिनियाको फोर्ट ली सैन्य अड्डामा सुरक्षा जाँच पूरा गरिसकेको ७५० एसआईभी आवेदक र उनीहरूका परिवारका सदस्यहरूलाई शरण दिने योजना बनाएको छ भने अन्य चार हजार आवेदकहरूलाई उनीहरूको कागजपत्र पुनःरावलोकन गरी सुरक्षित तेस्रो देशमा बसाइने बताइएको छ ।

हालै अमेरिकी सेनाका लागि काम गर्ने एक अफगान दुभाषी सोहेल पारडिसलाई तालिवानले टाउको काटी हत्या गरेका थिए । पारडिस हजारौं अफगान दोभाषेमध्ये एक थिए जसले अमेरिकी सेनाका लागि काम गरे र अहिले तालिवानको कारबाही भोग्नु पर्‍यो ।

तालिवान समूहले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णयसँगै अफगानी तालिवान लक्षित कारबाहीलाई रोकेको छ ।

यसैबीच तालिवान समूहले अफगानिस्तानका सीमा क्षेत्रका कतिपय जिल्ला आफ्नो कब्जामा लिएको दाबी गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ८ : ५५ बजे

भरुवा बन्दुकसहित एक जना पक्राउ

डडेल्धुरा– आलिताल गाउँपालिका-४ रज्यौडा बस्ने दीपक सिजालीलाई भरुवा बन्दुक १ थानसहित

लिपुलेक अतिक्रमण गरेको भारतसँग चीनको हातेमालो

काठमाडौँ – भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका

झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा

झापा–  लागूऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न

जापानको निर्यात संकट गहिरिँदै, गाडी आपूर्ति २८ प्रतिशत घट्यो

टोकियो– जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार, जुलाई

युक्रेनको रक्षा गर्न अमेरिकी सेना नपठाउने

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युक्रेनलाई रुसबाट जोगाउन अमेरिकी