दुग्ध व्यवसायीले पनि मागे कोरोनाविरुद्धको खोप « Khabarhub

दुग्ध व्यवसायीले पनि मागे कोरोनाविरुद्धको खोप


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डेरी उद्योगीहरुले दुग्ध क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

अतिआवश्यक मानिने सबै क्षेत्रलाई प्रायः खोप दिइसक्दा पनि दुग्ध व्यवसायमा कार्यरत कर्मचारीलाई प्राथामिकता नदिएको व्यवसायीहरुको गुनासो छ ।

नेपाल डेरी एसोसियसन नेपालकाअनुसार हाल देशभर जोखिम मोल्दै काम गर्ने किसान र उद्योग तहका कर्मचारी करिब ५ लाख ५० हजार जना छन् । एसोसिएसनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ५ लाख ५० हजार जनालाई खोप उपलब्ध गराइ दैनिक काममा सहजीकरण गरी दिन सरकारलाई अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो तथ्यांक अनुसार उद्योग तह र किसान तहमा गरी करिब पाँच लाख ५० हजार जनालाई भ्याक्सिन उपलब्ध गराई दैनिक काममा सहजीकरण गरी दिनुहुन सरोकारवाला कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, सबै प्रदेश कृषि तथा सहकारी मन्त्रालय, सबै प्रदेश दुग्ध विकास बोर्ड, ७५३ वटै स्थानीय तहलाई बिनम्र अनुरोध गरिन्छ ।’

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना