करोडौँको राजस्व छली विफल « Khabarhub

करोडौँको राजस्व छली विफल


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– धौलागिरिका विभिन्न उद्योग तथा व्यवसायीका राजस्व छलीका प्रयासलाई आन्तरिक राजस्व कार्यालयले विफल बनाइदिएको छ ।

साविक धौलागिरिको चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको राजस्व सङ्कलनको जिम्मेवारी पाएको बागलुङस्थित आन्तरिक राजस्व कार्यालयले छानबिन, परीक्षण र अनुसन्धानका क्रममा यहाँका पेशा, व्यवसाय तथा उद्योगले विभिन्न बाहनामा करिब रू पाँच करोड राजस्व छली गरेको फेला पारेको हो । कर बुझाउने १७ हजार करदातामध्ये शङ्कास्पद देखिएका व्यवसाय, उद्योग तथा फर्मको अनुगमन गरिएको थियो ।

बस्तु खरीद बिक्रीको अनुपात नमिलेको, खरीद गरिएका सामग्री बिक्रीतर्फ नदेखिएकोजस्ता राजस्व छलीका शङ्कास्पद उद्योग, व्यवसाय तथा फर्मको अनुगमन गर्दा आर्थिक वर्ष २०७७/७८ मा मात्रै रु पाँच करोड ७३ हजार ८९ हजार थप राजस्व सङ्कलन भएको छ ।

कार्यालयको नियमित काम अन्तर्गत आर्थिक वर्षको मध्यतिर ६३ करदाताको व्यवसायमाथि छानबिन, परीक्षण र अनुसन्धान, १०२ करदाताको द्रुत छानबिन र १८२ करदाताको अनुगमन गर्दा उक्त परिणामको रकम वृद्धि भएको कार्यालयका प्रमुख जनकराज शर्माले बताए ।

“एक आर्थिक वर्षमा झण्डै रू पाँच करोड राजस्व थप सङ्कलन हुनु र २१ करोडभन्दा बढी बक्यौता असुल हुनु कार्यालयको उपलब्धि हो” उनले भने, “राजस्व वृद्धिमा कार्यालयको ध्यान केन्द्रित छ, आगामी दिन अनुगमन, परीक्षण र छानबिनलाई तीव्रता दिएर छली हुने राजस्व सङ्कलन गरिने छ । अनुगमनका क्रममा व्यवसायी, उद्योगी तथा फर्मलाई राजस्व नर्तिदा हुनसक्ने जरिवानाबारे पनि जानकारी नभएको, राम्रो हिसाब राख्न नजानेको र केही करदाताले नियतवस राजस्व छली गरेको पनि पाइएको छ ।”

कार्यालयले गत आर्थिक वर्षमा ६३ करदाताको फर्म छानबिन, परीक्षण र अनुसन्धान गरी आयकर तर्फ रु दुई करोड ७६ लाख ५४ हजार र मूल्य अभिवृद्धि करतर्फ रु दुई करोड ५८ लाख ५१ हजार गरी रु पाँच करोड ३५ लाख पाँच हजार थप कर उठाएको थियो ।

यस्तै, १०२ करदाताको दु्रत छानबिनबाट रु ३५ लाख ७९ हजार राजस्व असूल र १८२ करदाताको अनुगमनबाट रु तीन लाख पाँच हजार जरिवाना सङ्कलन गरिएको थियो । सफ्टवेयरमा राखिएको विवरणअनुसार राजस्व छलीको क्षेत्रसमेत पहिचान हुने भएकाले उद्योगी तथा व्यवसायीले समयमै राजस्वको यथार्थ विवरण बुझाउँदा राम्रो हुने जानकारी दिँदै कार्यालयल प्रमुख शर्माले भने, उपभोक्ताले तिर्ने कर व्यवसायीले आफ्नो खल्तीबाट तिनुपर्नेजस्तो गर्दा र करको विषयमा नबुझ्दा यस्तो समस्या भएको हो ।

कार्यालयमा दरबन्दी अनुसारका कर अधिकृत भएमा अझै राजस्व चुहावट हुने क्षेत्रमा अनुगमन गर्न सहज हुने कार्यालय प्रमुख शर्माले बताए । अहिले चार कर अधिकृतको दरबन्दी रहेको कार्यालयमा दुई कर अधिकृत मात्र छन् । –रासस

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ९ : ३० बजे

लुम्बिनी प्रदेशसभा बैठक : इन्धन मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३औँ बैठकमा प्रदेशसभा

सुनिल मन्त्री भएपछि अर्का सहयोगी भूपदेवलाई महामन्त्री बनाउँदै बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट दोस्रो महामन्त्री भूपदेव शाह बन्ने सम्भावना

रास्वपा केन्द्रीय समिति बैठक, केही नेताको जिम्मेवारी हेरफेर हुँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री