एनआइसी एसिया बैंकको मोबाइल एपमार्फत आईपीओको आवेदन दिन सकिने | Khabarhub Khabarhub

एनआइसी एसिया बैंकको मोबाइल एपमार्फत आईपीओको आवेदन दिन सकिने


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनआइसी एसिया बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एपमार्फत नै आईपीओमा आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ।

नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बैंकले दावी गरेको छ।

यस बैंकमार्फत डिम्याट खाता खोलेका तथा बैंकमा बचत खाता खोली मोबाइल बैंकिङ्ग सेवा लिइरहेका ग्राहकले खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन्। ‘एनआइसी एसिया मोबैंक’ एपमार्फत आईपीओमा आवेदन दिन सकिनेछ।

एपभित्र रहेको ‘अप्लाई सेयर’ आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपीओ खुलेका कम्पनीहरूमध्ये आफूले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्नेछ।

त्यसपछि आफुले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर ‘सबमिट’गरेपश्चात आवेदन पूरा हुनेछ।

‘डिजिटल फस्र्ट’को रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले ‘सेल्फ हेल्प’बैंकिङ्गको अभ्यासलाई एपमार्फत अघि बढाएको छ।

एप प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसी/एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाइजस्ता सुविधाहरू सहज रुपले लिन सकिनेछ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : २६ बजे

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर– त्रिभुवनराजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा

थारु बस्तीमा अटवारी पर्वको तयारी गरिँदै

कैलाली– पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायका गाउँ

सनातन धर्मावलम्बीका घर-घरमा भित्र्याइयो कुश

काठमाडौं– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले